धरान एक्स्पोमा १२ करोडको कारोबार – Nepal Press

धरान एक्स्पोमा १२ करोडको कारोबार

धरान । स्थानीय व्यवसायीका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको व्यापारिक मेला धरान एक्स्पोमा रु १२ करोडको आर्थिक कारोबार भएको छ ।

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा बुधबार समापन भएसँगै १२ करोड बराबरको कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले राससलाई जानकारी दिए । उनका अनुसार एक्स्पो एक लाख ८० हजार जनाले अवलोकन गरेका छन् । अघिल्लो वर्ष सङ्घले आयोजना गरेको एक्स्पोमा  रु १० करोडको कारोबार भएको थियो । यसपटक अघिल्लो वर्षको तुलनामा दुई करोड कारोबार वृद्धि भएको हो ।

आज उत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेशसभाका सदस्य रमेशकुमार बस्नेतले एक्स्पोका माध्यमबाट स्थानीय व्यापारी व्यवसायी र उपभोक्ताबीच पुलको काम गरेको बताए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले धरान एक्स्पोले बजारको पुँजी चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । एक्स्पोले आर्थिक गतिविधि बढाउन मात्र नभई धरानको कला, संस्कृति प्रवद्र्धन गर्न पनि सहयोग पु¥याएको बताए ।

आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले हरेक वर्ष धरान एक्स्पोलाई निरन्तरता दिन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर