जग्गा सिफारिसमा भ्रष्टाचार : पचरौताका वडाध्यक्ष यादवसहित चार जनामाथि मुद्दा दायर – Nepal Press

जग्गा सिफारिसमा भ्रष्टाचार : पचरौताका वडाध्यक्ष यादवसहित चार जनामाथि मुद्दा दायर

जनकपुरधाम । जग्गाको सिफारिसमा अनियमितता गरेको आरोपमा बाराको पचरौता नगरपालिका ४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित चार जनामाथि आरोप पत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा वडाध्यक्ष यादव, जग्गा विक्रीकर्ता विद्या यादव र जग्गा खरिदकर्ता बृजकिशोर यादव र अवध किशोर प्रसाद यादवमाथि आरोप पत्र दायर गरेको हो ।

साबिकको बेलदारी गाविस ४ स्थित कित्ता नं. १७३ को ९ कट्ठा ५ धुर जग्गाको पक्की सडक बाटोले छोएको छ । तर उक्त जग्गालाई वडाध्यक्ष यादवले कुनै किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनेर गलत घरबाटो सिफारिस गरेको अख्तियारको ठहर छ ।

गलत सिफारिस गर्दा बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्क बापतको राजश्व ८ लाख ११ हजार ९५१ रुपैयाँ नबुझाएको अख्तियारले दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

वडाध्यक्ष यादवलाई ८ लाख ११ हजार ९५१ रुपैयाँ, जग्गा बिक्रीकर्ता विद्यालाई ५ लाख ३४ हजार १८७ रुपैयाँ तथा जग्गा खरिदकर्ता बृजकिशोर र अवधकिशोरलाई २ लाख ७७ हजार ७६३ रुपैयाँ बिगो दाबी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर