टेलिकमको ब्रान्ड एम्बेसडरमा ‘महजोडी’ – Nepal Press

टेलिकमको ब्रान्ड एम्बेसडरमा ‘महजोडी’

काठमाडौं । नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।

हास्यव्यंग्य तथा कलाकारिता क्षेत्रका महजोडी  श्रेष्ठ र  आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्राण्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गरिन ।

त्यस्तै, कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकमसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताए ।

मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा.सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै “ब्राण्ड प्रमोटर” नियुक्त गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर