बिजुली बत्ती बलेपछि बर्दघाटको पहाडी क्षेत्रका बस्तीहरुमा खुशीयाली – Nepal Press

बिजुली बत्ती बलेपछि बर्दघाटको पहाडी क्षेत्रका बस्तीहरुमा खुशीयाली

रूपन्देही ।बत्तीमुनिको अँध्यारोजस्तै बनेको बर्दघाट नगरपालिका वडानम्वर २ को पहाडी क्षेत्रका बस्तीहरु झलमल भएका छन् ।
अहिलेसम्म बिजुली वत्ती नपुगेका पटुके,दमार,तिलकेनी,चाबच्चा,विहारी,पोखरीछाप लगायतका बस्तीहरुमा आजदेखि बिजुली बत्तिको सेवा पुगेसँगै स्थानीयवासीहरु निक्कै हर्षित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणको ५ करोडको लागतमा बर्दघाट वडा नं। २ को पहाडी क्षेत्रमा विद्युतीकरणको आयोजना निर्माण सम्पन्न भएको हो । २०७९ साल फागुन १८ गते टेन्डर आवाहन गरी २०८० पुस ११ गते विद्युतिकरणको निमार्ण कार्य सम्पन्न गरेको थियो ।

विद्युतीकरण नपुगेको थोरै जनघनत्व भएको ग्रामीण क्षेत्रमा विद्युतीकरण पछि स्थानीयहरु उज्यालोमा बस्न पाउने भएका हुन् ।
अहिले पहिलो पटक ७ वटा वस्तीका १ सय २८ घर धुरीमा मिटर जडान गरी करिव २ सय घरधुरीलाई प्रत्यक्ष सेवादिन लागिएको नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बताए।

विद्युत प्रसारणको समुद्घाटन गर्न आएका पौडेलले समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतिकरण भएसँगै स्थानीयलाई लघु उद्यमसँगै रोजगारका अवसर सृजना गर्नमा विद्युतीकरणले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले पर्यटन विकासका रुपमा विकास गर्न पहाडी क्षेत्रलाई अब बिजुली बत्तीको सेवाले थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।‘उज्यालो नगर हाम्रो संकल्प थियो आज पूरा भएको महशुस भएको छ । समय कहाँ पुग्यो तर जनता अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ’ नगरप्रमुख श्रेष्ठले भने ।

यसअघि विद्युतिकरण नभएका सो क्षेत्रमा नगरपालिकाले सोलार बितरण गरेको थियो।
भौगोलिक रुपमा बिकट मानिएको पहाडी क्षेत्रमा विद्युतिकरण भएसगै सो क्षेत्रको बिकासमा नयाँ आयाम थपिने बिश्वास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *