नेपाल भारत उद्योग वाणिज्य संघ कोशीको अध्यक्षमा उपाध्याय निर्वाचित – Nepal Press

नेपाल भारत उद्योग वाणिज्य संघ कोशीको अध्यक्षमा उपाध्याय निर्वाचित

विराटनगर । नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेश समितिको नवौं साधारणसभाले मुकेश उपाध्यायको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसअनुसार उपाध्यक्षमा रमेश राठी र यादव पोखरेल, महासचिवमा श्रवण अग्रवाल, कोषाध्यक्षमा जुगलकिशोर राठी र सचिवमा महेश पौड्याल चयन भएका छन् ।

त्यसैगरी कार्यकारिणी सदस्यहरूमा सोमनाथ अधिकारी, सञ्जय अग्रवाल, अरुण खेतान, घनश्याम कावरा र मुकेश राठी चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले श्यामसुन्दर पौड्याल, मुकेशकुमार राठी, विनोद पौड्याल, रामकृष्ण शर्मा र कुमारमणि पोखरेल तथा महिला सदस्यमा गायत्री भण्डारीलाई मनोनयन गरेको जनाइएको छ ।

संघका संस्थापक अध्यक्ष ललितकुमार लोहियाको विशेष उपस्थितिमा तिनपैनीस्थित संघको कार्यालयमा साधारणसभा भएको हो ।

साधारणसभाले संघका प्रमुख सल्लाहकारमा श्याम पौड्याल एवं सल्लाहकारमा बेनीगोपाल मुण्दडा, सुरेन्द्र गोल्छा र फुलकुमार लालवानीलाई चयन गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर