जनकपुरधाममा राजेन्द्र महतोको संवादात्मक कार्यक्रम : मोटरसाइकल चढेर आए, भुईँमै बसेर खाए – Nepal Press

जनकपुरधाममा राजेन्द्र महतोको संवादात्मक कार्यक्रम : मोटरसाइकल चढेर आए, भुईँमै बसेर खाए

जनकपुरधाम । बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गरेका नेता राजेन्द्र महतो आज जनकपुरधाममा सम्वादात्मक कार्यक्रम गर्दैछन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा महतोको सम्वादात्मक कार्यक्रम सुरु भएको हो । उनको कार्यक्रममा अधिकांश लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता कार्यकर्ता सहभागी छन् ।

कार्यक्रममा सहभागी हंसपुर नगरपालिकाका पूर्व मेयर लोसपा नेता रामज्ञान मण्डलले भन्छन्, ‘राजेन्द्र महतो जीको यो अभियान हो । त्यसैले सहभागी भएका छौँ । हाम्रो गाउँबाट लोसपाका लगभग सबै नेता कार्यकर्ता आएका छन् ।’ु

उनले राष्ट्रिय मुक्ति क्रान्ति अभियानबारे विस्तृत बुझ्ने र यो एजेन्डा राम्रो लागे आफू पनि अभियानमा लाग्ने बताए । लोसपा धनुषाले कार्यक्रममा सहभागी नहुन अनुरोध गरेको तर लोसपाबाट निर्वाचित जनप्रतिनिधिहरू पनि सहभागी भएको उनको भनाई छ ।

महतोको अभियानमा चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव पनि सहभागी भएका छन् ।

महतो काठमाडौंबाट विमानमा जनकपुरधाम आएका हुन् । उनलाई विमानस्थलबाट ठूलो संख्यामा समर्थकले नाराबाजी गर्दै कार्यक्रम स्थलमा ल्याए । महतो मोटरसाइकलमा सबार थिए ।

कार्यक्रमस्थलमा महतो समर्थकहरूसँगै भुईँमै पलेटी कसेर खाना खाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर