गुल्मीमा माओवादीका दुई पालिका अध्यक्ष एमाले प्रवेश – Nepal Press

गुल्मीमा माओवादीका दुई पालिका अध्यक्ष एमाले प्रवेश

रूपन्देही । गुल्मीमा नेकपा माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । एमाले उपाध्यक्ष रामबहादुर थापाले उनीहरूलाई एमालेमा स्वागत गरेका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् ।

शनिवार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल सहितका केन्द्रीय नेताले एमालेमा प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसीले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने दबाब दिन एमालेमा प्रवेश गरेको बताए ।

केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने र फुट्ने प्रवृत्तिले गर्दा कार्यकर्तामा उत्साह घट्दै गएकाले एकजुट हुनुपर्छ भन्ने मान्यताले यस्तो निर्णय गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर