राष्ट्रियसभा अध्यक्षको उम्मेदवार माओवादी पदाधिकारी बैठकले भोलि टुंग्याउने, कसको सम्भावना धेरै ? – Nepal Press

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार माओवादी पदाधिकारी बैठकले भोलि टुंग्याउने, कसको सम्भावना धेरै ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो भोलि लगाउने भएको छ ।

आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षको टुंगो भोलि लाग्ने बताएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

नयाँ समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको थियो । माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ ।

अध्यक्षको उम्मेदवार छान्नको लागि प्रचण्डले भोलि पदाधिकारीको बैठक बोलाएका छन् । हालै निर्वाचित भएर आएका सुवेदीलाई पठाउँदा ६ वर्ष अध्यक्ष आफ्नो हुने भएकाले उनैको सम्भावना भएको माओवादीका एक नेताले बताए ।

ती नेताले भने( उर्मिलाजीले पनि दाबी त गरिराख्नुभएको छ। तर, अब ६ वर्षसम्म हुने भएकाले झक्कुजीको हुनसक्छ। नत्र ४ वर्ष मात्रै हेर्ने हो भने नारायणजीको पनि सम्भावना छ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर