सिद्धार्थ बैंकले महिला स्वास्थ्यलाई लक्षित गर्दै सञ्चालनमा ल्यायो ‘पिंक डेबिट कार्ड’ – Nepal Press

सिद्धार्थ बैंकले महिला स्वास्थ्यलाई लक्षित गर्दै सञ्चालनमा ल्यायो ‘पिंक डेबिट कार्ड’

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्‍याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई लक्षित गरी पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । यो नवीनतम योजनाले नगदरहित कारोबारमा कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अह्म भुमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

यस कार्डको बारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा पनि पनि सम्पर्क गरी बुझन सकिने बैंकले जनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

‘सम्बन्ध सधैँभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर