वर्षाले नेपाल र हङकङको खेल रद्द – Nepal Press

वर्षाले नेपाल र हङकङको खेल रद्द

काठमाडौं । आजबाट हङकङमा सुरु भएको त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेल वर्षाले रद्द भएको छ ।

खेल रद्द भएसँगै आयोजक हङकङ र नेपालले अंक बाँडेका छन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसपछि पानीले खेल प्रभावित बनेको थियो । ५ औँ ओभरमा पनि पानीले खेल केही समय रोकिएको थियो ।

नेपालले मङ्गलवार पपुवा न्युगिनीसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर