युद्धस्तरमा काम गर्नुपर्ने प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ : महामन्त्री थापा (भिडिओ)
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुपर्ने डरमा रहेको बताएका छन् ।
आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रधानमन्त्रीको कुर्सी बन्नु भन्दा पहिलादेखि नै हल्लिएको बताए । उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे ।
उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए । उनले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गरे । उनले राजनीति विकृत बनाएको कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको बताए ।
महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताए ।
रोइलों नगर न हौ साथी !! जे भए पनि जनयुद्द हाकेरा आएको, देउवालाई टक्कर दिएर, नाकामा नत्थी लगाएर अनि थाङ्ग्नामा सुताएर हिडेको मान्छे हुन् .. तिमी जस्तो … बा .. हैनन् !!