सिरहामा घरायसी विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या – Nepal Press

सिरहामा घरायसी विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

जनकपुरधाम । सिरहा नगरपालिका ६ बसपिट्टामा धारिलो हतियार प्रहार गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय राम उदगार साहले ६० वर्षीया श्रीमती निर्मला शाहको हत्या गरेका हुन् । निर्मलाको हत्या गरिएको अबस्थामा शव खेतमा फेला परेको सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।

उनले घरायसी विवादमा राम उदगारले श्रीमतीको हत्या गरेको बताए । हत्या आरोपमा राम उदगारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

दुई दिन अगाडि सिरहाको गोलबजारमा पनि घरायसी विवादमै एक पुरुषले श्रीमतीको हत्या गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *