शालिन पोखरेलको मृत्युको अनुसन्धानमा पक्राउ परेका शिक्षकहरुको तेस्रोपटक म्याद थप – Nepal Press

शालिन पोखरेलको मृत्युको अनुसन्धानमा पक्राउ परेका शिक्षकहरुको तेस्रोपटक म्याद थप

चितवन । चितवनको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षकलाई अनुसन्धानको लागि थप ४ दिन म्याद थप गरिएको छ ।

उनीहरु तीनै जना प्रहरी हिरासतमा छन् । चितवनका प्रहरी उपरीक्षक एसपी भावेश रिमालका अनुसार जिल्ला अदालत चितवनबाट थप अनुसन्धानको लागि आज तेस्रो पटक ४ दिन म्याद थप गरिएको हो ।

यसअघि पनि ४ दिन म्याद थपिएको थियो भने पहलिो पटक जिल्ला अदालत चितवनले अनुसन्धानको लागि ७ दिन म्याद थप गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबासमा १४ वर्षकी पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उक्त घटनामा परिवार तथा आफन्तले बलात्कार पछि हत्या आरोप लगाएर मृतक पोखरेलका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षक विरुद्ध किटानी जाहेरी दिएका थिए ।

तर, स्वास्थ्य परीक्षणमा पोखरेलको कन्या जाली नच्यातिएको डाक्टरले रिपोर्ट दिएको प्रहरीले जनाएको छ भने विधि विज्ञान प्रयोगशालाबाट सुसाइड नोट पनि पोखरेलकै भएको रिपोर्ट आएको चितवन प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *