चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्चले दियो अग्राधिकार – Nepal Press

चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्चले दियो अग्राधिकार

काठमाडौं । चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेशी तोक्न आदेश गरेको छ ।

प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय लगायतलाई विपक्षी बनाइ दुई वटा रिट दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *