डिजिटल प्लेटफर्महरु कसरी २४ घण्टै सञ्चालनमा रहन्छन ? – Nepal Press

डिजिटल प्लेटफर्महरु कसरी २४ घण्टै सञ्चालनमा रहन्छन ?

काठमाडौं । डिजिटल युगमा हामी सबैले दिनानुदिन प्रविधिको प्रयोग गरिरहेका हुन्छौं । तर हामीले प्रविधिहरुले कसरी काम गर्छन् वा फंङ्कसन गरिरहेका हुन्छन् भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।

प्रविधिकाे प्रयाेग गरेर हामीले आफूलाई आवश्यक परेका सूचना तथा जानकारी २४ सै घण्टा आफ्नो मोबाइल वा कम्पयुटरमा तत्काल हेरेर एक्सेस लिन सक्छौं । हामीले कुनैपनि ऐप्लिकेशन अथवा वेबसाइट चलाउँदा दिउँसो राति जतिबेला पनि चल्छ ।

अन्य आम पसल वा व्यवसाय तथा कार्यालयहरु निश्चित समयमा खुल्ने र बन्द हुने गर्दछन् । डिजिटल कुराहरु किन २४ घण्टा खुल्छन्, कसरी २४ घण्टा नै सञ्चालनमा रहन्छन् ? यस्तो कसरी हुन्छ ? यसको बारेमा कहिल्यै सोच्नुभएको छ ?

भौतिक विषय वस्तुहरु जस्तै डिजिटल वस्तुहरु पनि २४ घण्टा सञ्चानमा हुदैनन् । तर, डिजिटल प्लेटफर्महरुलाई २४ घण्टा सञ्चालन गराइएको हुन्छ ।

यस्ता डिजिटल प्लेटफर्महरु २४ घण्टा सञ्चालन गरिराख्नका लागि डेटा सेन्टरले भूमिका खेल्छ । यहाँ डेटा सेन्टरले २४ घण्टा सबै डिजिटल सेवाहरुलाई लाइभ एक्सेस प्रदान गरिरहेको हुन्छ । जुन सरकारी हुन सक्छ भने नीजि कम्पनीहरुका आआफ्नै पनि हुन्छन् ।

के हो डाटा सेन्टर, कसरी काम गर्छ ?

डाटा सेन्टर भनेको डिजिटल डाटाहरु स्टोर अर्थात भण्डारण गर्ने ठूलो स्थान हो । हामीले हेर्ने भिडिओ अथवा अडिओ, फोटो वेबसाइट्स लगायतमा प्रयोग हुने सबै सामाग्रीहरुलाई कुनै निश्चित ठाउँमा कम्पनीहरुले भण्डारण गरेर राखेको हुन्छ ।

जसलाई डेटा सेन्टर भनिन्छ । जस्तै विश्वविद्यालयमा पुस्तकहरु राखिने पुस्तकालय जस्तै गरी डेटा सेन्टरलाई बुझ्न सक्छौं । दिनहुँ प्रयोग गर्ने बेवसाइट होस् अथवा मोबाइल एप्लिकेशन होस् ती सबैको डेटाहरु डेटा सेन्टरमा रखिएको हुन्छ । जसबाट प्रयोगकर्ताले जतिसुकै बेला पनि उक्त डाटा एक्सेस गर्न सक्छ ।

प्रयोगकर्ताले कुनैपनि वेबसाइट जुनसुकै बेलामा पनि प्रयोग गर्न सक्छ । कुनैपनि साइट चलाउने निश्चित समय हुँदैन प्रयोगकर्ताले आफ्नो अनुकूलतामा आवश्यक साइटहरु प्रयोग गरिरहेका हुन्छन् । अनलाइनको व्यापार व्यवसाय तथा सेवा किराना पसल जस्तो निश्चित समयमा चलाउन र बन्द गर्ने हुँदैन ।

डिजिटल माध्यमहरु २४ घण्टा सञ्चालनमा हुन्छन् । यसरी आफ्नो साइट तथा सेवा २४ घण्टा सञ्चालन अर्थात रन गराउनका लागि होस्टीङको आवश्यकता हुन्छ । जुन डेटा सेन्टरमा निश्चित स्थान खरिद गरेर अथवा आफ्नै डेटा सेन्टर राखेर होस्टीङ प्रदान गर्न सकिन्छ ।

सामान्य भाषामा बुझ्दा प्रयोगकर्ता(क्लाइन्ट)ले राति २ बजे कुनै वेबसाई खोलेर हेर्दा उक्त वेबसाइट खुल्छ र वेबसाइटमा भएका सबै सामाग्री तथा अप्सनहरु त्यस्तै हुन्छन् ।

यद्यपी कुनै सेवाहरु रातिको समयमा बन्द भएतापनि वेबसाईट सधै खुल्ला नै रहन्छ । र उक्त वेबसाइटबाट प्रदान गर्ने सेवा मात्रै प्रवाह हुँदैन तर वेबसाइट सञ्चालनमै रहन्छ । यस्तो होस्टिङ प्रदायकले वेबसाइटलाई २४ घण्टा होस्ट अथवा रन गरिरहेको हुन्छ । जसकारणले जोकसैले जुनसुकै बेला हेर्न मिल्ने हुन्छ ।

सबैभन्दा पहिला कुनैपनि वेबसाइट अथवा कुनैपनि काम गर्नका लागि अवश्यक पर्ने अथवा साइट रन गर्नका लागि सर्भरको प्रयोग गरिन्छ । सर्भर वेबसाइट चलाउनका लागि प्रयोग गरिने माध्यमका रुपमा रहेको हुन्छ ।

सर्भरमा ‘हार्डड्राइभहरु र सीपीयु रहेको हुन्छ । जसले प्रोगकर्तालाई आवश्यक जानकारी तथा सेवा प्रदान गर्दछ । एउटा सर्भरले एकभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेको हुन्छ ।

उक्त सर्भरमा सर्भरबाट सञ्चालन भइरहेका प्लेटफर्महरुको डाटा रहेको हुन्छ । जसलाई निश्चित ठाउँमा राख्नुपर्ने हुन्छ । एउटा यस्तो ठाउँ जहाँबाट २४ घण्टामा जतिबेला पनि आवश्यक डाटा आदान प्रदान गर्न सकियोस् । यस्ता प्लेटफर्महरु सञ्चालन गराउने सर्भरहरुलाई पनि एकीकृत गरेर सुरक्षित राख्ने ठाउँका रुपमा डेटा सेन्टरको स्थापना गरिएको हुन्छ ।

डेटा सेन्टर इन्टरनेटसँग जोडिएर रहेको हुन्छ । डेटा सेन्टरमा कम्प्युटिङ रिर्सोस, स्टोरेज रिसोर्स, सेक्युरेटी रिसोर्स, फल्ट टलरेन्स एण्ड रिड्युडेन्सी, कुलिङ सिस्टम र पावर ब्याकअप २४ घण्टा प्रदान गरिहेको हुन्छ । डेटा सेन्टर भनेको मेमोरी अर्थात स्टोर गर्ने ठूलो भाडो जस्तै हो ।

स्टोरेजको विकास

सन् १९४६ को समयमा पहिलो जनरेशनको कम्पयुटरमा सामान्य हिसाबकिताब गर्ने गरिन्थ्यो । त्यतिबेला कम्पयुटरमा एउटै काम गर्न लामो समय लाग्थ्यो । र जे काम हो त्यो काम हुन्थ्यो र सकिन्थ्यो । त्यसपछिको ब्याकअप तथा स्टोर गरेर राख्ने अवधारणा नै सुरु भएको थिएन् ।

दोस्रो जेनेरेशनको कम्प्युटरलाई पहिलोभन्दा अलिक फास्ट बनाइएपछि पहिलोपटक ‘म्याग्नेटीक कोर मेमोरी’ को प्रयोग गरिएको थियो । दोस्रो जेनेरेशनको कम्पयुटरले केहि समयका लागि निश्चित डेटा होल्ड अर्थात स्टोर गरेर राख्न सक्थ्यो । जुन कम्प्युटरमै प्राइमरी मेमोरीका रुपमा रहेको थियो । कम्प्युटरले प्रोसेस अर्थात काम गर्ने बेलासम्मका लागि डाटा स्टोर गर्न यस्तो मेमोरी प्रयोग गरिन्थ्यो ।

तेस्रो जेनेरेशनमा आइपुग्दासम्म कम्प्युटरले गर्ने काम बढेको थियो भने प्राइमरी मेमोरीको स्टोरेजलाई पनि बढाइएको थियो । प्राइमरी मेमोरी अर्थात ‘र्‍याम’ को क्षमता बढ्दा कम्प्युटरले छिटो र स्मुथली काम गर्न सक्थ्यो । यसरी कम्प्युटरमा स्टोरेजको अवधारणले स्थान लिन थालेको थियो ।

तेस्रो जेनेरेशनको कम्प्युटरमा ‘फ्लपी डिस्क’ को प्रयोग भएको थियो । यसबाट एउटा कम्प्युटरको डाटा अर्को कम्प्युटरमा सार्न सकिन्थ्यो । कम्प्युटरको प्रयोग बढेसँगै यसका काम र फङ्सनहरु पनि बढ्न थालेका थिए । यसमा आधारित ‘नेटवर्किङ’ को अवधारण विकास भयो । नेटवर्किङले एकभन्दा बढी कम्प्युटरलाई जोडेर काम गर्ने अवधारणालाई बढावा दियो ।

यसरी एकभन्दा बढी कम्प्युटरलाई एकैसाथ जोडेर काम गर्न सुरु भएपछि सबै कम्प्युटरलाई चलाउनका लागि निश्चित सर्भरको आवश्यकक्ता भयो । र एउटा सर्भरबाट दुईभन्दा बढी कम्प्युटरलाई एक्सेस अर्थात सञ्चान गर्न सुरु भयो । सर्भरले आफुअन्तगर्त सञ्चालन हुने नेटर्वकहरुको डाटाहरु सेभ गरेर राख्ने गर्दछ । आवश्यक परेको बेला उपलब्ध समेत गराउँछ ।

सर्भरको अवधारणा बढेपछि सर्भरहरुलाई पनि एकैठाउँमा ‘र्‍याग’ का रुपमा राख्न थालियो । उक्त सर्भरहरुलाई सुरक्षित रुपमा राख्नुलाई डेटा सेन्टरका रुपमा लिइयो । डेटा सेन्टरमा लाखौं सर्भरका डाटाहरु स्टोर गरेर राख्ने गरिन थाल्यो । डेटा सेन्टरका लागि छुट्टै २४ सै घण्टा विद्युत, कुलिङ, एयस फिल्टर लगायतका सुविधासहित डेटा सेन्टरमा डाटा स्टोर गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर