लिभरपुल र सिटि बराबरिमा रोकिँदा आर्सनललाई फाइदा
काठमाडौं । संसारभरका फुटबल प्रेमीहरुले चासोको साथ हेरेका इङ्लिश फुटबलका दुई महारथी लिभरपुल र र म्यान्चेस्टर सिटिको खेल बराबरीमा सकिएको छ ।
इंग्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आईतबार राती भएको खेल १–१ को बराबरीमा सकिएपछि त्यसको फाइदा भने आर्सनललाइ भएको छ ।
खेलको २३औं मिनेटमा जोन स्टोन्सको गोल गरेपछी १–० मा अघि बढेको सिटिले दोस्रो हाफको सुरुवातसम्म मात्र त्यो अग्रता कायम राख्न सक्यो ।
खेलको ५० औं मिनेटमा लिभरपुलले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो । गोलरक्षक एडर्शनले डार्विन नुनेजमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा एलेक्सिस मक्यालिस्टरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलपछि आर्सनलको २८ खेलमा ६४ अंक छ । समान २८ खेलमा ६४ अंक नै रहेको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो छ ।सिटीको भने २८ खेलमा ६३ अंक बनाएर तेश्रो स्थान मा छ ।