कोटेश्वरमा ड्युटी गरिरहेका बेला बसले ठक्कर दिएका ट्राफिकका सईको मृत्यु – Nepal Press

कोटेश्वरमा ड्युटी गरिरहेका बेला बसले ठक्कर दिएका ट्राफिकका सईको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसले ठक्कर दिएर गम्भीर घाइते भएका ट्राफिकका सईको मृत्यु भएको छ ।

सई टोपबहादुर खत्रीलाई फागुन २० गते बसले ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा अन्नपूर्ण न्युरोमा निधन भएको हो। तत्कालै अस्पताल पुर्‍याइएका खत्रीले झन्डै एक सातापछि ज्यान गुमाएका हुन् ।

कोटेश्वरबाट बालकुमारी मोडिन खोज्दा बसले ड्युटी गरिरहेका खत्रीलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने बसका चालक नवराज गिरीविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *