सांसदहरूलाई कांग्रेसको ह्वीप- बैठकमा अनिवार्य उपस्थित हुनू, प्रधानमन्त्रीलाई विश्वासको मत नदिनू
नेपाल प्रेस
२०८० फागुन २८ गते १३:१६
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् ।
लेखकले सांसदहरुलाई भनेका छन्, ‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ ।’
प्रधानमन्त्रीले गठबन्धन फेरेपछि फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर