एक महिनामै बैंकहरुले राष्ट्र बैंकमा राखे ५ खर्ब ३१ अर्ब – Nepal Press

एक महिनामै बैंकहरुले राष्ट्र बैंकमा राखे ५ खर्ब ३१ अर्ब

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फागुन महिनामा मात्रै नेपाल राष्ट्र बैंकमा ५ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप राखेका छन् ।

राष्ट्र बैंकले यही फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएपछि बैंक तथा वित्तीय संस्थाले सो रकम राखेको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरुले सो निक्षेप राख्न बोलकबोल गर्नुपर्दैन ।

यसअघि बोलकबोलबाट निक्षेप संकलन गर्दै आएको केन्द्रीय बैंकले फागुन देखि ३ प्रतिशत ब्याजदरमा बैंकहरुको निक्षेप राख्न पाउने व्यवस्था छ । सो व्यवस्थाअनुसार बैंकहरुले लगानी गरेर बाँकी रहेको सबै रकम केन्द्रीय बैंकमा राख्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिरहेको छ । सस्तो ब्याजदर हुँदासमेत कर्जा लगानी विस्तार हुन सकेको छैन । महंगो ब्याजदर लिएर राखेको पैसा बैंकहरुले सस्तो ब्याजदरमा केन्द्रीय बैंकमा राख्न बाध्य भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर