सात महिनामा करिब २३ अर्बको टेलिकम्युनिकेसन उपकरण आयात
काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा करिब २३ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् नेपाल भित्रिएका छन् ।
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो साता(साउनदेखि माघ) महिनासम्म २२ अर्ब ६२ करोड ६८ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस आयात भएको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा भने २१ अर्ब ६९ करोड १९ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् नेपाल भित्रिएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशतले बढी हो ।
यो सात महिनामा नेपालमा सबैभन्दा बढी चीनबाट १६ अर्ब २४ करोड २६ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट १५ अर्ब ६४ करोड रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएका थिए ।
त्यसैगरी, भरतबाट ५ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ बरारबारको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भरतबाट ४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बरारबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् नेपाल भित्रिएका थिए ।
भारत र चीनबाहेक अन्य राष्ट्रहरुबाट करिब ९१ करोड ९९ लाख रुपैयाँका टेलिकम्युनिकेसन उपकरण तथा पार्टसहरु आयात भएको राष्ट्र बैंकको तथ्याङकले देखाउँछ ।