तीन महिनामा १० खर्बले बढ्यो विद्युतीय प्रणालीमार्फत हुने कारोबार – Nepal Press

तीन महिनामा १० खर्बले बढ्यो विद्युतीय प्रणालीमार्फत हुने कारोबार

काठमाडौं । विद्युतीय प्रणाली मार्फत हुने कारोबार तीन महिनामा करिब १० खर्बले बढेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को माघ महिनामा मात्रै १० करोड ४८ लाख ६५ हजार ३३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब ४ अर्ब ३ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

गत कार्तिक महिनामा मात्रै ३५ खर्ब ४६ अर्ब ७३ करोड २० लाख रुपैयाँको विद्युतीय प्रणालीमार्फत कारोबार भएको थियो । जुन माघ मसान्तसम्म आइपुग्दा करिब १० खर्बले बढेको छ ।

माघ महिनामा मात्रै सबैभन्दा बढी २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको ‘आरटीजीएस’ प्रणालीमार्फत कारोबार भएको छ । ‘आरटीजीसी’ प्रणाली भनेको ठुलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

त्यसै गरी, एटीएममार्फत ४ खर्ब ७९ अर्ब २९ करोड १० लाख, ईसीसी ४ अर्ब ५२ अर्ब ७१ करोड ८० लाख, आईपीएस २ खर्ब ८९ अर्ब ३८ करोड ७० लाख, कनेक्ट आईपीएस १ खर्ब ९८ अर्ब ५४ करोड ६० लाख, डेबिट कार्ड ८९ अर्ब ७४ करोड ४० लाख र प्रिपेड कार्डमार्फत ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्याङकले देखाउँछ ।

त्यसै गरी, इन्टरनेट बैंकिङमार्फत एक महिनामा २३ अर्ब ८७ करोड २० लाख, मोबाइल बैकिङमार्फत १३ अर्ब ७८ करोड ७० लाख, ब्रान्चलेस बैंकिङमार्फत ४ अर्ब ९७ करोड ५० लाख, वालेटमार्फत १ अर्ब ७७ करोड ६० लाख, क्युआर वेस पेमेन्टमेन्टमाफर्त १ अर्ब ६० करोड ७० लाख, पीएओएसबाट ६५ करोड ६० लाख रुपैयाँ र ई–कर्मसमार्फत ५९ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर