विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा राजनैतिक दल प्यानलसहित प्रतिस्पर्धामा – Nepal Press

विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा राजनैतिक दल प्यानलसहित प्रतिस्पर्धामा

माओवादीका ३, एमालेका १ जित्दा कांग्रेस पराजित

कैलाली । कैलालीको एक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको लागि भएको निर्वाचनमा राजनैतिक दलका नेता कार्यकर्ता प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लाको गौरीगङ्गा नगरपालिका -८ मा रहेको जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीका उम्मेदवारबीच प्रतिस्पर्धा भयो ।

चार सदस्यको लागि भएको निर्वाचनमा माओवादी केन्द्रबाट ३ जना र एमालेका १ जना निर्वाचित भएका छन् । काङ्ग्रेस र एमालेबाट बागी उम्मेदवारी उठेको प्यानल पराजित भएका छन् ।

१३४४ जना अभिभावक मतदाता रहेकोमा ८१४ मत खसेको निर्वाचनमा माओवादी केन्द्रबाट प्यानलमा प्रतिस्पर्धा गरेका मेलाराम टेंरा २३० मत, ठेकराज चौधरी २२६ मत र माया बुढा २२७ मत प्राप्त गरी निर्वाचित हुँदा सोही प्यानलकी कलु देवी विक पराजित हुन पुगिन् । विकले १९७ मत प्राप्त गरेकी थिइन् । एमालेबाट बुधरामी चौधरी २१६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका रोहित प्रसाद भाटले २२० मत, जित बहादुर मुन्नी २२३ मत र कल्पना धामीले २०७ मत प्राप्त गरे । नेपाली काङ्ग्रेसका जङ्गबहादुर सुनार १५५ म, टेकबहादुर चौधरी १२० मत, भावना देवी कलेल १३६ मत र सरिता कुमारी चौधरीले ११२ मत प्राप्त गरे भने एमालेबाट बागी उम्मेदवारी दिएका धन बहादुर कलेलले १२५, देवी चौधरी ११८, शोभा देवी खडायत १०६ र दिलकुमारी बास्तोला सापकोटाले ११५ मत पाएका छन् ।

निर्वाचित सदस्यहरू मध्येबाट अध्यक्ष को चयन हुने छ भने समाजसेवी बुद्धिजीवी चन्दा दाताबाट २ जना र एक जना शिक्षक प्रतिनिधि तथा वडा जनप्रतिनिधि पदेन सदस्य सहितको विद्यालय व्यवस्थापन समिति गठन हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर