कोका-कोलाको ‘काठमाडाैं इज कुकिङ’ को दोस्रो संस्करण हुँदै – Nepal Press

कोका-कोलाको ‘काठमाडाैं इज कुकिङ’ को दोस्रो संस्करण हुँदै

काठमाडौं । कोका-कोला नेपालले ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण सञ्चालन गर्ने भएको छ । काठमाडौंको हायात होटल मैदानमा यही चैत २ गते बिहान ११ बजेदेखि ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण सुरु हुने भएको हो ।

कम्पनीका अनुसार ‘इज कुकिङ’ कोका-कोलाको विश्वव्यापी क्याम्पेन हो । जसले विश्वभर खानालाई मजा लिएर खान प्रोत्साहित गर्दै आएको छ । कार्यक्रम कोका-कोलाको ग्लोबल ब्रान्ड प्लेटफर्म ‘रियल म्याजिक’ अन्तर्गतको हो ।

यस वर्षको ‘काठमाडौ‌ इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले दाबी गरेको छ । कार्यक्रममा चर्चित भारतीय गायक पापोनलगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरु द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिने जनाइएको छ ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘यस कार्यक्रमले नेपालीहरुको रमाइलो गर्ने संस्कृतिलाई झल्काउनेछ । ʻकाठमाडौ‌ इज कुकिङ’ मा हाँसो, खुसी र मनोरञ्जनका पलहरु देख्न पाइनेछ । नेपाली समुदायको विभिन्न जीवन्त भावनाहरुलाई यस कार्यक्रममा उतार्न पाउँदा हामी निकै हर्षित छौ‌ ।’

यो संस्करण पनि अघिल्ला वर्षहरु झै‌ सफल हुने कम्पनीले विश्वास लिएको छ । कार्यक्रममा उपस्थित हुन चाहनेहरुले मोःमो र कोका-कोलाको स्वादसहित मनमोहक साङ्गीतिक प्रस्तुतिको मजा पनि लिन सक्नेछन् । कार्यक्रममा विशेष कम्बो अफर र छुटसहित २५ भन्दा बढी मोःमो भेन्डरहरुको सहभागिता हुने जनाइएको छ ।

बोटलर्स नेपाल लिमिटेडका एमडी दीपक सेन्थिल नाथले भने, ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण नेपालमा कोका-कोलाको यात्राको एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित हुनेछ । यस कार्यक्रममार्फत हाम्रा उपभोक्ताहरुका लागि अतुलनीय क्षणहरु सिर्जना गर्न पाउँदा हामी निकै उत्साहित छौं । सङ्गीत, मोःमो र कोका-कोलाको कम्बिनेसन यस दिनको कार्यक्रममा देख्न पाइनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर