कला क्षेत्रका हस्ती बद्री पंगेनीले चमत्कारिक खेल खेले पारस नेतृत्वको टीमलाई जिताए लिजेन्डकप – Nepal Press

कला क्षेत्रका हस्ती बद्री पंगेनीले चमत्कारिक खेल खेले पारस नेतृत्वको टीमलाई जिताए लिजेन्डकप

रुपन्देही । सधैँ गायन क्षेत्रमा रमाउने कलाकार बद्री पंगेनी आइतबार र सोमबार नेपालका क्रिकेट हस्तीसँग रुपन्देहीमा रमाए । उनी रमाएनन् मात्रै उसै गरी सशक्त टीमबाट खेलेर रमाइलो बनाए अरूलाई पनि । उनकै शब्दमा अहिलेसम्म क्रिकेट हेरेर मात्रै रमाइलो गरेको र कहिलेकाहीँ कलाकारहरूको टीममा मात्रै सामान्य खेलेपनि यसरी टीम बनाएर कहिले खेलेका थिएनन् । तर सोमबार पारस खड्काले नेतृत्व गरेको टीमबाट मैदान प्रवेश गरेका पंगेनीले निकै रोमान्चक खेल देखाएर आफ्नो समूहलाई विजयी बनाउन विशेष भूमिका खेले ।

सोमबार रुपन्देहीको तिलोत्तमामा भएको लिजेन्ड कप टी–१० क्रिकेटको उपाधि सन् २०१४ को टी–२० विश्वकप टोलीले जितेको हो । फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै पारस खड्का नेतृत्वको टोलीले उपाधि जितेको हो । पंगेनी यही टीमबाट खेलेका थिए ।

मैदानमा बलिङ र ब्याटिङ दुवैमा उनले प्रदर्शन गरेको खेलले सबैलाई आश्चर्यमा पारेको थियो । २ म्याच फिल्डिङ खेलेका उनले पहिलोमा १ ओभर खेलेर २ विकेट लिए भने दोस्रोमा २ ओभर खेलेर २ विकेट लिएका थिए । सुरुमा फिल्डिङ रोजेको उनको टीमबाट पंगेनीले पहिलो विकेट नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली सदस्य मनिषराज पाण्डेको विकेट लिएर उनले चर्चा कमाए ।

पहिलो ओभरको दोस्रो बलमा उनले पाण्डेलाई आउट गरेका हुन् । बद्री सन् २०१४ को टी–२० विश्वकप खेलेको टोलीबाट खेलेका छन् । त्यसैगरी लिजेन्ड कप टी–१० क्रिकेटको फाइनल खेलमा बद्री पङ्गेनीले सीता रानामगरको विकेट लिए । उनले सातौं ओभरको पाँचौं बलमा सीतालाई क्याच आउट गराएका हुन् । उनले विकेट लिएको खुसीमा जिम्न्यास्टिक हानेर सेलिब्रेसन गरेर खेललाई थप रमाइलो गराए । पङ्गेनीले दोस्रो ओभरको तेस्रो बलमा रेस्ट अफ नेपालका पारस लुनियालाई ५ रनमा आउट गरेका थिए ।

रुपन्देहीको तिलोत्तमामा सोमबारबाट सुरु भएको एक्साट्रेक लिजेन्ड कपमा सहभागी हुन आइतबार रुपन्देही झरेका पंगेनी एयरपोर्टबाट सिधै मैदानमा पुगेर मैदान हेरे र तत्काल भिडियो बनाएर सामाजिक सन्जालमा पोष्ट गर्दै यो क्रिकेट मैदान निजी खर्चमा बनाएका अष्ट्रेलिया बस्ने गुल्मीका युवा व्यवसायी विनोद कुँवरको प्रशंसा गर्दै भने–‘यस्तै अरु विदेश बसेका नेपालीहरुले सोँचेभने हामीले कल्पना गरेको समृद्ध नेपाल बनाउन सजिलै सकिन्छ ।’

’खेल अवधिभर निकै रमाएका बद्रीले भने–‘म क्रिकेट खेल्नेभन्दा हेर्ने धेरै हो तर आजको खेलले त मलाई पनि निकै आश्चर्य बनायो, सबैले निकै खुसी मनाएको देखेँ, गीतसंगीतमाजस्तै साथ पाएँ’पंगेनीले नेपाल प्रेससँग भने–‘फुटसल त खेल्थेँ तर क्रिकेट त यसरी खेलेको थिइन, आजको प्रफन्मेन्समा थेउरीटिकले जित्यो, सम्झेर खेलेँ सफल भएँ ।’ पहिलो पटक यसरी खेलमा सहभागी भएको मान्छेले कसरी यस्तो चमत्कार देखाउन संभव भयो त भन्ने प्रश्नमा उनले हाँस्दै भन्छन्–‘आश्चर्य भयो, निकै रमाइलो भयो, सोँचेभन्दा धेरै राम्रो खेलेँ। चितवनमा केही वर्षअघि खेलेको थिएँ, कहिलेकाहीँ कलाकारको टोलीसँग खेल्थे तर गसरी लामो समय खेलेको थिइन ।’

नेपालका क्रिकेट हस्तीहरु सहभागी भएको प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली बनेर सहभागी भएका थिए ।

लिजेन्ड्स ९६ बाट एलवी क्षेत्री (कप्तान), पवन अग्रवाल, मनिषराज पाण्डे, राजु खड्का, सञ्जय गुरुङ, बसन्त शाही, किरण राणा, जगत टमटा, पुकार पन्त, विशाल गुप्तालगायत सहभागी थिए भने यसैगरी पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया, करन महतरा, ममता थापा, नविन घिमिरे र अविनाश कर्ण लगायत रहेका थिए ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन रेस्ट अफ नेपालको नेतृत्व विनोद दासले गरेका थिए । दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा पारस लुनिया, दीपेन्द्र चौधरी, राजु बस्नेत, धिरेन्द्र चन्द, कलाम अली, विकास दली, युनिल श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, जयप्रकास सर्राफ, अरुण थापा, अक्रम सिद्धिकी, सीता रानामगर खेलाडीहरु थिए ।

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहितका अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर