दाङमा पुलबाट कार खस्दा चालक घाइते
रूपन्देही । दाङको घोराहीमा पुलबाट खोलामा कार खस्दा चालक घाइते भएका छन् ।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराहीको कटुवाखोला पुलबाट सोमवार राती करिव साढे नौ बजे बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्वरको कार पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक मल्लका अनुसार मापसे सेवक गरेर गाडी चलाउँदा पुलमा अनियन्त्रित भएर कार खोलामा खस्दा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका छन् । घाइते केसीको निधार र छातीमा चोट लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते केसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडीमा चालक मात्र एक्लै भएका कारण गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।