टी-२० आईमा कुशल भुर्तेलले पूरा गरे १ हजार रन
नेपाल प्रेस
२०८० फागुन २९ गते ८:०८
काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई खेलमा १ हजार रन पूरा गरेका छन् ।
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी(पिएनजी) विरुद्ध कुशलले ३९ बलमा ४ छक्का ४ चाैकासहित ५९ रन बनाए ।
५९ रन बनाएसँगै भूर्तेलकाे टी आईमा १ हजार ८ रन बनाएका छन् । भुर्तेल टी-२० आईमा एक हजार रन पूरा गर्ने दाेस्राे नेपाली खेलाडी बनेका छन् । टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलाे नम्बरमा दिपेन्द्र ऐरीको नाम रहेकाे छ । ऐरीले १४७६ रन बनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर