१५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस – Nepal Press

१५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । विभिन्न सेवामा १५ जना राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतबाट राजपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

जसमा सबैभन्दा बढी नेपाल शिक्षा सेवाका १२ जना र नेपाल विविध सेवाका तीन जना गरेर १५ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

नेपाल शिक्षा सेवाको शिक्षा प्रशासन समूहतर्फ ६ जना कार्यक्षमताको आधारमा र सोही सेवा तथा समूहतर्फका ६ जना नै जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका हुन् । कार्यक्षमताको आधारमा बढुवा हुनका लागि ४३ जनाले उम्मेदवारी दिएकोमा ३७ जनाको उम्मेदवारी कायम भएको थियो ।

जसमा पहिलो नम्बर तारानाथ निरौला, दोस्रो नम्बरमा नृपध्वज मगर, तेस्रो नम्बरमा दिनेशप्रसाद देवकोटा, चौथो नम्बरमा तारा पाण्डे, पाचौँ नम्बरमा सुर्यबहादुर खत्री र छैटौ नम्बरमा प्रकाशबन्धु अर्याल शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

यस्तै जेष्ठता र कार्यसम्पादन मूल्यांकनमा आधारमा हुने बढुवाका लागि ३० जनाले उम्मेदवारी दिएकोमा २६ जनाको उम्मेदवारी कायम भएको थियो ।

जसमा पहिलो नम्बरमा तारापती खरेल, दोस्रो नम्बरमा मोतिप्रसाद भट्टराई, तेस्रो नम्बरमा हेमराज खतिवडा, चौथो नम्बरमा युवराज अधिकारी, पाचौँ नम्बरमा सुवर्णकुमार खड्का र छैटौ नम्बरमा भिमप्रसाद पनेरु शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लािग सिफारिस भएका छन् ।

नेपाल विविध सेवातर्फ कार्यक्षमताका आधारमा बढुवाका लागि १४ जनाले उम्मेदवारी दिएकोमा १३ जनाको उम्मेदवारी कायम भएको थियो । जसमध्ये पहिलो नम्बरमा क्षितिज भट्टराई र दोस्रो नम्बरमा पदमबहादुर भण्डारी शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

नेपाल विविध सेवातर्फ नै कार्यक्षमताकै आधारमा बढुवाका लागि सात जनाले उम्मेदवारी दिएकोमा सात जनाकै उम्मेदवारी कायम भएको थियो । जसमध्येबाट निर्मला कार्की शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर