१७ वटा वाणिज्य बैंकले घटाए ब्याजदर, एनआईसीको बढ्यो (सूचीसहित) – Nepal Press

१७ वटा वाणिज्य बैंकले घटाए ब्याजदर, एनआईसीको बढ्यो (सूचीसहित)

कसले कति पुर्‍याए ?

काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । १७ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा एनआइसी एसिया बैंकले भने ब्याजदर बढाएको छ ।

एनआइसीले मुद्दती निक्षेपको ब्याजदर चैतमा ८.५४ प्रतिशत दिने जनाएको छ । यसले फागुनमा अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।

यता ग्लोबल आइएमई र प्रभु बैंकले ब्याजदर यथावत् छ । फागुनमा बैंकहरुको ब्याजदर औसतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ ।

पछिल्ला महिनाहरूमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर लगातार घटाइरहेका छन् । बैंकमा अधिक तरलता हुँदा बैंकहरुलाई व्यवस्थापन गर्न सकस परिरहेको छ ।

अधिक लगानी योग्य रकम भए पनि ऋणको माग नहुँदा सस्तो ब्याजदरमा केन्द्रीय बैंकमा पैसा राख्न बैंकहरु बाध्य छन् ।

बैंकर्सहरु निक्षेपको ब्याजदर निकै तल आएकाले निक्षेपकर्ता पनि मर्कामा परेको स्विकार्छन् । नयाँ अर्थमन्त्री र गभर्नरले बैंकको अहिलेको समस्या समाधानमा पहल गर्ने आस उनीहरूको छ ।

कुन बैंकको कति छ ब्याजदर ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर