६ ओभरकाे खेल जारी रहँदा पीएनजीले गुमायो चार विकेट
नेपाल प्रेस
२०८० फागुन ३० गते १२:२१
काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पिएनजीविरुद्ध नेपालले लगातार विकेट लिएको छ । ओभरको खेल सकिँदा नेपालले महत्त्वपूर्ण ४ विकेट लिएको छ । नेपालका आकाश चन्दले २, गुलशन झा र करण केसीले एक/एक विकेट लिए ।
करण केसीले पहिलो ओभरमै पहिलो सफलता दिलाएका थियो । उनले पहिलो ओभरको दोस्रो बलमा सेसे बाउलाई शून्य रनमा आउट गरेका हुन् ।
आकाशले दोस्रो ओभरमा पिएनजीका कप्तान असद भाला र चौथो ओभरमा लेगा सियाकाको विकेट लिए । पपुवा न्युगिनीले ५ ओभर ३ बलमा ४ विकेट गुमाएर ५२ रन जोडेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर