कांग्रेसलाई स्वर्णिमको जवाफ- गृहमन्त्रीको नैतिकता खोज्नेले प्रधानमन्त्रीको अफर गर्दा खोज्नुभएन
‘च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपरेको थियो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाउने कांग्रेसले प्रधानमन्त्रीको अफर गर्दा पनि सोच्नुपर्ने जवाफ दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा कांग्रेसले सहकारी ठगी मुद्दामा छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आलोचना गरेको थियो ।
त्यसो जवाफमा वाग्लेले भने, ‘गृहमन्त्री हुँदा खोजिने नैतिकता, प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो । यहाँ भागीभागी हिँड्नुपरेको छ, च्याप्प सम्मातेर प्रधानमन्त्री र उपप्रधानमन्त्री बनाइदेलान् भन्ने डर छ । कांग्रेसका साथीहरुलाई थाहा छ, म प्रमाणविना बोल्दिनँ भन्ने कुरा । हेक्का रहोस्, कांग्रेसले अफर गरेको छैन भने सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा पनि भएन !’
उनले सरकारमा रहेर काम गर्न नसके रास्वपा आफैं सरकारबाट बाहिरिने बताए ।
उपसभापति वाग्लेले गृह मन्त्रालयमा लामिछाने आएपछि सुधारको संकेत देखिसकेको जिकिर गरे ।
कुरा सहि हो नि आफु सरकारमा हुदा के हेरेर बसेका थियौ त ? पातकि कुरा होइन अभ काम गर्नु पर्छ।