चक्रवर्ती काण्डबारे छोरा निरजको दाबी- बाबुले गाग्रीले हानेर लडाएपछि प्रहरीले उद्धार गर्याे
काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित चक्रवर्ती कलेजका सन्चालक देवेन्द्रबहादुर भन्डारीमाथि भएको गम्भीर आक्रमणमा उनका छोरा निरजसहित दुई जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दायर भएको छ ।
३२ वर्षीय निरज र झापाको शनिश्चरेका ५० वर्षीय गणेशप्रसाद घिमिरेलाई प्रतिवादी बनाइएको छ । घिमिरे फरार छन् ।
पुस २३ गते राति कलेजभित्रै दुई समूहबीच भएको झडपमा देवेन्द्र गम्भीर घाइते भएका थिए । उनको टाउकोमा पटकपटक रड प्रहार भएको पाइएको थियो ।
पक्राउ परेका निरजले आफूले रड नहानेको बरु बाबुले हानेको गाग्री निधारमा लागेपछि आफू बेहोस भएको अनुसन्धानका क्रममा बताएका छन् । सरकारी वकिलसँग निरजले गरेको बयान यस्तो छ-
जाहेरवाला निरमाया भण्डारीले जाहेरी दरखास्तमा उल्लेख गरेको सम्पूर्ण व्यहोरा झुठ्ठा र बनावटी रहेको छ, मिति २०७६ सालमा भक्तपुर जिल्ला अदालतले शेयर बाँडफाँडको लागि कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्र पठाएको र म निरज भण्डारी र मेरो परिवारका सदस्यहरु आमा नरमाया भण्डारी दिदी स्वेता भण्डारी, अल्पना भण्डारी मिति २०७७।१०।२५ गतेदेखि चक्रवर्ति हबि एजुकेशन एकेडेमी प्रा. लि. को शेयरधनी भएका थियौं ।
जाहेरवाला निरमाया भण्डारी तथा निजको पति देवेन्द्र बहादुर भण्डारीले कलेज एकलौटी रुपले चलाएको हुनाले उच्च अदालत वाणिज्य ईजलास शाखामा मैले मुद्दा हाली उच्च अदालत वाणिज्य इजलासको आदेशले कारवाही स्वरुप निज दुवै जनाको शेयर रोक्का रहेको थियो । चक्रवर्ति हबि एजुकेशन एकेडेमी प्रा.लि. को कम्पनीको युजर नेम पासवर्ड जाहेरवाला तथा देबेन्द्र बहादुर भण्डारीले दुरुपयोग गर्न सक्ने भएकाले कम्पनि रजिष्टार कार्यालयले रोक्का गरेको थियो ।
मिति २०७८।०६।०६ गते कम्पनि रजिष्टार कार्यालयको प्रतिनिधि सहित जाहेरवाला समेतलाई कारबाही गरिएको पत्र सहित चक्रवर्ति हबि एजुकेशन एकेडेमीमा म प्रवेश गरी उक्त चक्रवर्ति ह एजुकेशन एकेडेमी प्रा. लि. संचालन गर्दै आएको थिएँ । म कलेज प्रवेश गरेको चौथो दिन देबेन्द्र बहादुर भण्डारी निरमाया भण्डारी र कलेजमा अध्ययन गर्ने देबेन्द्र बहादुर भण्डारीको पि।ए। बिमला हुमागाई मिलेर म लगायत मेरो आमा नरमाया भण्डारी दिदी स्वेता भण्डारी, अल्पना भण्डारी समेतलाई विपक्षी बनाई अभद्र व्यवहार गरेको भनी झुठ्ठा मुद्दा लगाई ७ दिन थुनामा राख्ने कार्य भएको थियो ।
उक्त मुद्दामा साधारण तारेखमा रिहा भई सफाई पाएका थियौँ । देबेन्द्र बहादुर भण्डारीले म थुना मुक्त भईसकेपछि मेरो गाडी कलेज भित्रै कब्जामा राखी गुण्डाहरु परिचालन गरी कलेजलाई गैरकानुनी रुपले संचालन गरेका थिए । त्यसपछि कलेजको बि एल एल बि प्रोग्राम बिश्वबिद्यालयले निलम्बनमा राखिदियो । देबेन्द्र बहादुर भण्डारीले कलेजमा आर्थिक घोटाला गरेको भनी उच्च ब्अतष्खबतभ ध्ष्लमयधक अदालत बाणिज्य ईजलाशले कारबाहीको लागि लेखा परिक्षकको नियुक्ति गरी लेखा परिक्षण गर्ने आदेश दिएको थियो। मिति २०८०/०८/०१ गतेको विशेष साधारण सभामार्फत उक्त कलेजको नयाँ सन्चालक समितीको अध्यक्ष म निरज भण्डारी चयन भएको थिएँ ।
सोही क्रममा मिति २०८०।०८।०१ गते देखी मेरो नेतृत्वमा कलेज संचालनको तयारी गरिएको र त्यहाँ गैरकानुनी रुपले राखिएका गरुड सेक्युरिटीलाई पत्र पठाई त्यहाँ बाट ७ दिन भित्र आफ्नो सेक्युरिटि गार्ड हटाउनु भनी मैले पत्र पठाएको थिएँ । मिति २०८०।०९।२३ गतेका दिन मैले गरुड सेक्युरिटि लाई आफ्नो गार्ड फिर्ता गर्न भन्दा प्रतिनिधि नआएपछि मैले कलेजमा कार्यरत गरुड सेक्युरिटिका गार्डहरुलाई दोसल्ला र खादा सहित बिदाई गरेको थिएँ ।
सोही दिन दिउसो १४स्०० बजे देबेन्द्र बहादुर भण्डारीले बौद्ध बाट गुण्डाहरु १०/१२ जना पठाई निज गुण्डाहरु कलेज भित्र प्रवेश गरी मलाई कलेज खाली गर्न भनी धम्की दिएका थिए मैले वहाँ हरुलाई कानुन कागजातहरु देखाई सकेपछि वाहाँ हरु कलेज बाट बाहिर निस्किएका थिए । सो को करिब १ घण्टा पछि देबेन्द्र बहादुर भण्डारी सोही गुण्डा हरु सहित कजेजको गेट बाहिर आएर निरज भण्डारी र गणेश प्रसाद घिमिरे बाहिर निस्की तिमिहरुलाई काटेर मारिदिन्छु भनी ढोका फुटाउने गरी आक्रमण गरेका थिए ।
मैले देवेन्द्रबहादुर भन्डारीलाई गेट भित्रैबाट आधिकारिक रुपमा शेयर फुकुवा भएको पत्र, आफुलाई कारबाही कारबाही गरिएको कारबाही फुकुवा पत्र सहित कलेज प्रवेश गर्ने अदालतको पत्र लिएर आउनु होला भनेको थिए । निजहरु गेट बाहिर हुलहुज्जत गरि बसेकाले मैले प्रहरी वृत्त नयाँबानेश्वरमा सहयोग मागेको थिएँ, प्रहरी आउने क्रममा निजहरु भागी गएका थिए ।
सोही दिन राति करिब २१स्०० बजे तिर प्रहरी वृत्त नयाँबानेश्वर बाट कार्यालय प्रमुखले फोन गरी भोली छलफलको लागि आउनु होला देबेन्द्र बहादुर भण्डारी पनि उपस्थित हुन आउनु हुन्छ भन्नु भएको थियो । करिब २३स्०० बजेको समयमा म लगायत कलेजमा नया नियुक्ति गरिएका हलेसी सेक्युरिटिका गार्डहरु ८ जना, कलेजको सेक्युरिटि अफिसर केशब देसार समेतका १२र१३ जना कलेज हाता भित्रै बसेर भोलिपल्ट संचालन हुने परिक्षाको तयारी गरिरहेका थियौं ।
म भुई तलामा रहेको मेरो अफिस कोठामा बसिरहेको थिएँ, सेक्युरिटि गार्ड तथा सेक्युरिटि अफिसरहरु आ आफ्नो डिउटीमा रहेको थियो । एक्कासी कलेज कम्पाउण्डको पछाडि साईडमा रहेको सानो छिँडि बाट मार मार काट काट भन्ने आवाज आएको र मैले झ्यालबाट बाहिर हेर्दा सो स्थान बाट २० स् ३० जना बाँस, साबेल, फलामको रड, दाउरा समेतका हतियारहरु हातहातमा बोकी कलेज प्राङगणमा प्रवेश गरी तोडफोड गरी सेक्युरिटि गार्ड तथा सेक्युरिटि अफिसरहरुलाई कुटपिट गर्न थाले सोही क्रममा मैले तत्कालै प्रहरी वृत्त बानेश्वरका प्रमुख लाई फोन गरी केही गुण्डाहरु हतियार सहित प्रवेश गरी आक्रमण गरिरहेका छन् मलाई बचाउनु होस भनी भनेँ, म प्रहरी पठाउँछु तपाँई कोठा चुकुल लगाएर बस्नु होस भन्नु भयो ।
देबेन्द्र बहादुर भण्डारी समेतका १२र१५ जना हतियार सहित मेरो अफिस कोठामा आई ढोकामा प्रहार गरी ढोका फुटाई भित्र प्रवेश गरी मलाई निर्घात रुपले कुटपिट गर्दै कोठा बाट बाहिर निकाली कलेजको गेट अगाडि पुरÞ्याई देबेन्द्र बहादुर भण्डारीले गेटमा राखिएको गाग्री उचाली मलाई प्रहार गर्दा मेरो निधारमा लागी म बेहोश हुन पुगेँ ।
सोही समयमा प्रहरी भ्यान पुगी मलाई उद्धार गरी प्रहरी कार्यालयमा लिई गई उपचारको लागि कान्तिपुर अस्पतालमा लिई गएका थिए । देबेन्द्र बहादुर भण्डारी घाईते भई उपचारको लागि सिभिल अस्पताल तर्फ लगिएको भन्ने सुनी थाहा पाएको थिएँ ।
निज के कसरी घाईते हुन पुग्यो मलाई थाहा भएन मैले निजलाई कुनै ध हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको छैन, मेरो निधारमा लागेको चोटमा ५ वटा टाँका लगाईएको र सोही कुटपिटको कारण मेरो स्वास्थ्यमा समस्या भई हाल एभरेस्ट अस्पताल भर्ना भई उपचार गराइरहेको छु। देवेन्द्रबहादुर भन्डारीले मलाई मेरो हक र अधिकारबाट बन्चित गर्नको लागि मलाई ज्यान मार्ने उधोगमा झुठ्ठा मुद्धा लगाउन खोजेको हो ।