पीएनजीविरुद्ध नेपालको खराब प्रदर्शन, बाउले लिए कप्तान रोहितको विकेट – Nepal Press

पीएनजीविरुद्ध नेपालको खराब प्रदर्शन, बाउले लिए कप्तान रोहितको विकेट

काठमाडौं । हङकङमा जारी टी-२० सिरिज क्रिकेटको फाइनलमा पीएनजीविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ । नेपालले ३७ रन जोड्दा महत्त्वपूर्ण ४ विकेट गुमाएको छ ।

ओपनर विनोद भण्डारी ४ र कुशल भुर्तेल ५ रनमा आउट भए । यस्तै गुल्सन झा ६ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए । ८ ओभरमा नेपालले ४ विकेट गुमाएर ४५ रन जोडेको छ ।

कप्तान रोहितलाई आठौँ ओभरको पहिलो बलमा पिएनजीका सेसे बाउले आउट गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर