नेप्से २७ अंकले घटेसँगै कारोबार रकममा पनि गिरावट – Nepal Press

नेप्से २७ अंकले घटेसँगै कारोबार रकममा पनि गिरावट

काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ ।

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार मात्रै २ अंकले घटेको बजारमा ४ अर्ब २२ करोडको कारोबार भएको थियो ।

बिहीबार बजारमा १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयरको खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आजको कारोबारमा नेप्से दोहोरो अंकले घटेपनि वेन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सकिर्ट लागेको छ ।

कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर ५० करोड ८९ लाख ८ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *