नयाँ सामसङ ‘ग्यालेक्सी फिट ३’ नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं । सामसङ नेपालले सबैभन्दा नयाँ सटीक फिटनेस ट्रयाकर ‘ग्यालेक्सी फिट ३’ लन्च गरेको गरेको छ । सामसङले आफ्नो अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिको ‘ग्यालेक्सी फिट ३’ सार्वजनिक गरेको हो ।
सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस ‘ग्यालेक्सी फिट ३’ फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडीमा उपलब्ध रहेको छ ।
कम्पनीका अनुसार यसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि सुत्दासम्म–चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै आफ्नो स्वास्थ्य र वेलनेस सम्बन्धी डेटा ट्रयाक गर्न मद्दत गर्दछ ।
सामसङ नेपालका एमएक्स बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘स्वास्थ्यको बारे सोच्ने यस आधुनिक युगमा, मानिसहरूले आफ्नो स्वास्थ्यमा थप गहिरो अन्तर्दृष्टि खोज्छन्, र सामसङ उनीहरूको यस प्रयासमा सहयोग गर्न अत्याधुनिक स्वास्थ्य निगरानी उपकरणहरू प्रदान गर्न समर्पित छ ।
हाम्रो नवीनतम फिटनेस ट्रयाकरले दैनिक वेलनेसलाई प्रवर्द्धन गर्ने र सबैलाई आफूलाई उत्कृष्ट बनाउन प्रेरित गर्ने पहुँचयोग्य स्रोतहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई जोड दिएको छ ।’
‘ग्यालेक्सी फिट ३’, ठूलो र आकर्षक डिस्प्लेको साथ एक टिकाऊ र कम्प्याक्ट ट्रयाकर
‘ग्यालेक्सी फिट ३’ लाई एल्युमिनियम बडी, ‘एमोएलइडी’ स्क्रिन र १.६ इन्चको डिस्प्लेको साथ डिजाइन गरिएको छ । जुन अघिल्लो मोडलको तुलनामा ४५ प्रतिशत फराकिलो रहेको जनाइएको छ ।
जसले प्रयोगकर्ताहरूलाई एकै नजरमा विस्तृत ‘इनसाइटस’ जाँच गर्न सजिलो बनाउने दाबी गरिएको छ । स्लिक देखिने ‘ग्यालेक्सी फिट ३’ को तौल हलुका र लगाउन आरामदायक भएकोले यसलाई सजिलैसँग चौबीसै घण्टा दैनिक रुपमा प्रयोग गर्न सकिन्छ ।
कम्पनीका अनुसार प्रयोगकर्ताहरूलाई ‘ग्यालेक्सी फिट ३’ ले १३ दिन सम्म आरामले चल्ने ब्याट्री ब्इाकअप दिन्छ । १०० भन्दा बढी प्रिसेटहरू सेटिङबाट आफ्नो मन पर्ने वाच फेस छनोट गरेर वा ब्याकग्राउण्डको रूपमा आफ्नै फोटोहरू सेट गरेर थप स्टाइलिस बनाउन सक्छन् ।
प्रयोगकर्ताहरूले सजिलैसँग एक–क्लिक बटनको साथ आफ्नो फेसन र दैनिक दिनचर्याहरू सुहाउँदो ब्यान्डहरू मिलाएर लगाउन सक्छन् ।
त्यसै गरी, दिन र रात आफ्नो स्वास्थ्य मेट्रिक्समा सजिलै ट्रयाक राख्न सकिनुका साथै ग्यालेक्सी ईकोसिस्टममा सुरक्षित र एक साथ जोडिएर रहन सहयोग पुर्याउँछ ।
यसका साथै यसले निद्राको ढाँचाहरू ट्रयाक गर्दछ, घुर्ने पत्ता लगाउने र रगतमा अक्सिजनको स्तरलाई थप विस्तृत मापनहरू प्रदान गर्नको लागि निगरानी गर्दछ । भने, पानी र धुलो प्रतिरोध सुविधासहित बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
नेपालभरमा उपलब्ध रहेको ‘ग्यालेक्सी फिट ३’ को मूल्य ७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।