काठमाडौं म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु – Nepal Press

काठमाडौं म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

काठमाडौं । नेपालको फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ मा फूडमान्डु आधिकारिक फूड पार्टनर भएको हो ।

म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरुको स्टल रहने छ ।

यहि चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनद्वारा संयुक्त रुपमा आयोजना गरिएको छ । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुने छ । भने, गेट १ बजे नै खुल्ला रहने छ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ । म्युजिक फेस्टिभलको दोस्रो दिनमा भने अनुभ जैन र एज ब्यान्ड जस्ता अन्य चर्चित कलाकारहरूले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ ।

फूडमान्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘काठमाडौं म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनर हुन पाउँदा हामी निकै उत्साहित छौ । हामीलाई आशा छ कि यस सांगीतिक माहोलमा दर्शक श्रोतहरुलाई उत्कृष्ट स्वाद प्रदान गर्दै यो कार्यक्रमलाई आझै धेरै मनोरञ्जन बनाउन सक्छौ। हामी विश्वस्त छौँ कि उत्कृष्ट संगीत र स्वादिष्ट खानाको सम्मिश्रणले सहभागी सबैका लागि यो कार्यक्रम अविस्मरणीय हुनेछ ।’

फूडमान्डुका ब्रान्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भने, ‘काठमाडौं म्युजिक फेस्टिभलमा फूडमान्डुको उपस्थितिले संगीतमा स्वाद थपेर यस कार्यक्रममा सहभागीहरुलाई विशेष मनोरञ्जन प्रदान गर्नेछ । फूडमान्डुले खानाको पारखीहरुलाई वर्षौदेखि विशेष प्राथमिकता दिँदै आएको छ र यस पटक पनि हामीले त्यही परम्परालाई निरन्तरता दिएका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर