कुवेतबाट शव नेपाल ल्याउन सम्बन्धित निकायलाई श्रममन्त्री अर्यालको निर्देशन – Nepal Press

कुवेतबाट शव नेपाल ल्याउन सम्बन्धित निकायलाई श्रममन्त्री अर्यालको निर्देशन

काठमााडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना विषयमा जानकारी लिएका छन् । कुवेत स्थित नेपाली दूतावासमा सम्पर्क गरी उनले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।

दूुतावासका अनुसार दुर्घटनामा परी काठमाडौ सानो भर्याङका सुजन कार्की, अछामको पञ्चदेवल विनायक नगरपालिका लयाटीका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको छ ।

अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूुतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन् । साथै दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएका छन् ।

कुवेत स्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको लागि घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानून व्यवसायी परिचालन गरिएको जनाएको छ ।

मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको दुर्घटना स्थलमै मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर