हकप्रद सेयर प्रस्ताव पारित गर्न सानिमा जीआइसी इन्स्योरेन्सले बोलायो साधारण सभा – Nepal Press

हकप्रद सेयर प्रस्ताव पारित गर्न सानिमा जीआइसी इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौँ । सानिमा जीआइसी इन्स्योरेन्सले हकप्रद सेयर प्रस्तावका लागि साधारण सभा बोलाएको छ । कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले साधारण सभामा ५० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । त्यसको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन चैत १४ गतेसम्म शेयरधनी कायम हुनु पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *