आधा दर्जन वाणिज्य बैंक पूँजी कोषको दबाबमा- तीनवटालाई लाभांश बाँड्न रोक – Nepal Press

आधा दर्जन वाणिज्य बैंक पूँजी कोषको दबाबमा- तीनवटालाई लाभांश बाँड्न रोक

काठमाडौं । आधा दर्जन वाणिज्य बैंकहरु पूँजी कोषको दबाबमा परेका छन् । त्यसमा पनि तीन वटा बैंकको पूँजी कोष त नियामकीय प्रावधान भन्दा तल छ । यसले गर्दा अब यो वर्ष जति नै कमाए पनि आगामी वर्ष ती बैंकले लाभांश दिन पाउने छैनन् ।

प्राथमिक पूँजी कोष अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको नियम छ । राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार पुस मसान्तमा एनआईसी एसिया बैंकको यस्तो अनुपात ८.०४ प्रतिशत, कुमारी बैंकको ८.०३ प्रतिशत र प्रभु बैंकको ८.१२ प्रतिशत छ । यी बैंकले आगामी वर्ष लाभांश बाँड्न पाउँदैनन् ।

कुनै एउटा त्रैमासमा मात्रै पनि जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पूँजी कोष पर्याप्तता अनुपात तोकिएको भन्दा कम भएमा बैंकहरूले लाभांश बाँड्न पाउँदैनन् ।

यता पूँजी कोषको न्युनतम बिन्दुकै लाइनमा हिमालयन बैंक ८.७० प्रतिशत, माछापुछ्रे बैंक ८.६६ प्रतिशत छ । यता नबिल बैंक पनि पूँजी कोषको दबाबमा छ । यसको पूँजी कोष ८.९३ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर