बागमतीमा नयाँ र मिनी टिपर दर्तामा संघले ५० प्रतिशत छुट दिने – Nepal Press

बागमतीमा नयाँ र मिनी टिपर दर्तामा संघले ५० प्रतिशत छुट दिने

काठमाडौं । बागमती टिपर व्यवसायी संघले नयाँ टिपर तथा मिनी टिपरहरु दर्ता गर्दा छुट दिने निर्णय गरेको छ । बागमती टिपर व्यवसायी संघमा टिपर तथा मिनी टिपरहरु दर्ता गर्न छुट दिइने भएको हो ।

संघको फागुन २८ गते बसेको बैठकले यसरी दर्ता गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले जानकारी दिए । उनका अनुसार संघले सम्पूर्ण टिपर तथा मिनी ट्रक धनीहरुलाई संघमा दर्ताका लागि आउन आव्हान समेत गरेको छ । उनले अगामी चैत ३० गतेसम्म दर्ता गर्न सकिने जानकारी दिए ।

दर्तामा छुट गरेसँगै व्यवसायीहरुले टिपर दर्ता गर्दा सात हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै मिनी टिपर दर्तामा भने तीन हजार सात सय पचास रुपैयाँ तिर्नुपर्ने जनाइएको छ ।

संघमा हालसम्म टिपर र मिनी टिपर गरेर एक हजारभन्दा बढी संख्यामा दर्ता भएका छन् । अध्यक्ष खत्रीले अरनिको राजमार्ग भएर चल्ने टिपर तथा मिनी टिपरहरुलाई लक्षित गरेको यस्तो व्यवस्था गरिएको बताए ।

अरनिको राजमार्ग भएर चल्ने टिपर तथा मिनी टिपरहरु संघमा आवद्ध नहुदा दुर्घटनाको दर बढदै गएको र दुर्घटनापछि उपचार लगायतमा घाइतेहरुले अनेकौं समस्याहरु भोग्नुपरेको अवस्थालाई मध्येनजर गर्दै दर्ताका लागि आव्हान गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर