मान्छे बाघको आहार होइन, तर बानी लाग्यो भने छोड्दैन: ददि सापकोटा
काठमाडौं । सन् २०२२ मा सार्वजनिक भएको बाघ गणनाको रिपोर्टअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको थियो । जब कि सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ मात्रै थियो । जति जति बाघको संख्या बढ्दै गयो, बाघ-मानव टकराव पनि उति उति बढ्दै गएको देखिन्छ ।
आहार क्षेत्रको कमी, जंगल पस्दै गरेको बस्तीका कारण बाघ-मानव द्वन्द्वले सघन रुप लिएको देखिन्छ । मान्छेमाथि हमला गर्ने नरभक्षी बाघलाई नियन्त्रणमा पनि लिने गरिएको छ । तर, बाघले मान्छेमाथि आक्रमण गर्ने क्रम भने रोकिएको देखिँदैन ।
हाल चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्ज तथा वरवरका वन क्षेत्रमा मात्रै सीमित हुन पुगेको बाघ वरिपरिका बाक्ला बस्तीतिर समेत छिरेर घरपालुवा जनावर हुँदै मान्छेमाथि समेत हमला गरेका घटना प्रशस्तै छन् ।
बस्तीमा बाघले छिरेर किन हमला गर्छन् वा मान्छेमाथि आक्रमण किन गर्छन् ? बाघको आक्रमणबाट कसरी बच्ने ? यस विषयमा वातावरण, प्रकृति र जीवजन्तुमा चासो राख्ने लेखक ददि सापकोटासँग नेपालप्रेसकर्मी नवीनकाजी राईले कुराकानी गरेका छन् । सापकोटाका ‘पन्छी जगत’, ‘त्यो नेपाल’, ‘दुखेको युरोप’, ‘वनको वैभव’ र ‘जीवनगाथा’ पुस्तक प्रकाशित छन् ।
पहिलो त बाघ मान्छेको शिकार होइन । जनावरहरुको वंशाणुगत रुपमै यो यो आहार खाने, यो यो नखाने भन्ने हुन्छ । अर्को भनेको मान्छे जंगलमा बस्ने जीव होइन । त्यसकारण मान्छे बाघको आहार होइन । बाघलाई माउले मान्छे पनि आफूहरुको शिकार हो, यो यसरी दगुर्छ, यसरी खेद्नुपर्छ भनेर सिकाएकी हुँदैन ।
जनावरहरुमा के के शिकार गर्ने र के के नगर्ने भनेर कि समूहले सिकाउँछ कि त माउले सिकाउँछ । तर, बाघले किन मान्छे मार्छ ? यो अर्को प्रसंग हो ।
बाघले मान्छे मारेको घटना त प्रशस्तै आउँछ । नरभक्षी बाघलाई समातिने पनि गरिन्छ । यसको कारण छुट्टै छ । त्यसमध्ये प्रमुख कारण हो, बाघले आफ्नो बासस्थानको लागि एक अर्कासँग लड्नुपर्छ ।
मान्छेको मासुको बानी लागेपछि बाघले मान्छे नै शिकार गर्न खोज्छ । मान्छेको मासुमा अचार, मसला, खोर्सानी, तेल, नून हुन्छ । यसले उसलाई स्वाद दिने भयो । मान्छेको रगत पनि अन्य जीवजन्तुको तुलनामा नुनिलो हुन्छ । नुनिलो रगत उसलाई स्वादिलो लाग्ने नै भयो । मान्छेको मासु चपाउन पनि अन्य जीवजन्तुको तुलनामा सजिलो हुन्छ ।
बाघको छनोटमा पानी भएको, वन्यजन्तु चर्न घाँसे फाँट भएको क्षेत्र पर्छ । सँगै वन्यजन्तुको शिकार गरेर लुक्न सजिलो हुने छेउछाउ जंगल भएको क्षेत्र उसका लागि उर्बर भूमि हो । तर, त्यो उर्बर भूमि बाघकै लागि सधैं खतरा हुन्छ । किनभने अन्य बाघको पनि त्यो क्षेत्र छनोटमा पर्छ ।
सबैभन्दा उर्बर क्षेत्र प्राप्त गर्न लड्नुपर्ने हुन्छ । सबै बाघलाई त्यो उर्बर क्षेत्रबारे थाहा हुन्छ । लड्न शक्ति आवश्यक पर्छ । जो शक्तिशाली छ, जो बलवान छ, उसैले उर्बर क्षेत्रमा कब्जा जमाउने भयो । पोथीलाई पनि त्यस्तै ठाउँ मन पर्ने भयो ।
जसले जित्छ, ऊ उर्बर क्षेत्रमा बस्ने भयो । जो हार्छ, ऊ त्यहाँबाट पलायन हुनुपर्ने हुन्छ । पलायन हुने बाघ प्रायः बूढो हुन्छन् । ऊ राम्रोसँग दर्गुन सक्दैन । दगुर्न नसकेपछि मृग समात्न सक्दैन । किनभने मृग त प्रतिघण्टा ५० किलोमिटरको दरमा दौडिन सक्छ ।
त्यति छिटो गतिमा दौडने मृग समात्न सक्ने अवस्था बुढेसकालमा हुँदैन । अनि उसले सजिलो शिकार खोज्न सुरु गर्छ । यसक्रममा कि उसले चराउन लगिएका गाइभैंसी मार्छ कि त मान्छेलाई मार्छ । अनि नरभक्षी भएर जान्छ ।
मान्छेको मासुको बानी लागेपछि बाघले मान्छे नै शिकार गर्न खोज्छ ।
मान्छेको मासुमा अचार, मसला, खोर्सानी, तेल, नून हुन्छ । यसले उसलाई स्वाद दिने भयो । मान्छेको रगत पनि अन्य जीवजन्तुको तुलनामा नुनिलो हुन्छ । नुनिलो रगत उसलाई स्वादिलो लाग्ने नै भयो । मान्छेको मासु चपाउन पनि अन्य जीवजन्तुको तुलनामा सजिलो हुन्छ । त्यसकारणले त्यस्ता बाघले मान्छेको शिकार गर्छ ।
जंगलको उर्बर भूमिबाट लखेटिएका बाघ बस्ती नजिकको जंगलमा आउँछन् । तिनीहरुको निशानामा घाँसदाउरा लिन जाने मान्छेहरु पर्छन् ।
तर, सबै बाघ बुढेसकाल लागेकामात्रै नहुन सक्छन् । युवा बाघ पनि हुनसक्छन्, जो उर्बर भूमिबाट लखेटिएका हुन्छन् । यसमा एकै कारण हुन्छ, माउले हरेक आहारालाई अगाडिबाटै आक्रमण गर्न सिकाएकी हुन्छे । तर, भर्खरै माउबाट छुटेको बाघले पछाडिबाट आक्रमण गरेको घटना पनि प्रशस्त छन् । माउले जतिसुकै सिकाए पनि व्यवहारिक रुपमा मैदानमा उत्रँदा गाह्रो हुने भइहाल्यो ।
पोथीले संकेत छाडेपछि भालेहरुबीचमा लडाइँ सुरु हुन्छ । त्यस लडाइँमा हार्नेहरु पनि बस्ती पस्ने भयो । तर, बच्चासहितको पोथीलाई भने भालेहरु सक्दैनन् । त्यस्ता माउहरुसँग लडेर भालेले जित्छन् भन्ने नै हुँदैन । आफ्नो बच्चाका लागि पोथी ज्यानै फाल्न तयार हुन्छे ।
माउबाट भर्खर छुटेका बाघसँग अनुभव पनि कम हुन्छ । बलियो भालेभन्दा बल पनि कम हुन्छ । ती बाघ पनि उर्बर क्षेत्रबाट लघारिन्छन् । अनि सुरक्षा खोज्दै बस्ती नजिक नजिक आउने हुन्छ । यस्ता भालेहरुको आक्रमणमा मान्छे र घरपालुवा जीवहरु पर्छन् ।
०००
भाले र पोथीको आआफ्नै क्षेत्र हुन्छ ।
संगर्गको समयमा पोथीहरुले म तयार भएँ भनेर संकेत छाड्छन् । अनि भालेहरुको बीचमा पोथीलाई फकाउने क्रम सुरु हुन्छ । यसमा हामीले बाघलाई मान्छेभन्दा फरक हिसाबले बुझ्नुहुन्न । युवक र युवती प्रजननका लागि तयार भएको विभिन्न संकेत देखापर्दै जान्छन् । जनावरमा पनि त्यस्तै हो ।
पोथीले संकेत छाडेपछि भालेहरुबीचमा लडाइँ सुरु हुन्छ । त्यस लडाइँमा हार्नेहरु पनि बस्ती पस्ने भयो । तर, बच्चासहितको पोथीलाई भने भालेहरु सक्दैनन् । त्यस्ता माउहरुसँग लडेर भालेले जित्छन् भन्ने नै हुँदैन । आफ्नो बच्चाका लागि पोथी ज्यानै फाल्न तयार हुन्छे । किनभने भालेले बच्चाहरु मारिदिन्छन् । बच्चाहरु मारिदिएपछि पोथी चाँडो संसर्गका लागि तयार हुने भयो ।
तर, बच्चासहितको पोथी भालेहरुका लागि ठूलो चुनौती हो । त्यसैले जंगलकै त्यति भद्र र ट्यालेन्ट जीवले त्यस्तो जोखिम उठाउँदैन । एक्लो पोथीका लागि लडाइँमा उत्रन्छन् ।
०००
बाघ अजीवको प्राणी हो ।
कुनै कुनै बाघ झगडा पर्दा वा शिकारको क्रममा कुनै पोखरीमा परेछ भने अपवाद भयो । नत्र उसको जिउमा हिलो र फोहोर कहिल्यै हुँदैन । जहिल्यै टिपटप देखिन्छ । मान्छेले घरमा सबै सुविधा लिएर बस्दा पनि टिपटप भइरहन सक्दैन । तर, बाघले भने आफूलाई त्यसरी मेन्टेन गरेको हुन्छ ।
जुँघा मिलाउँछ । टक्रकटक्रक हिँड्छ । झाडीहरुमा हिँड्दा पनि उसको शरीरमा झ्याँस लागेको हुँदैन । उसमा कतिसम्म भद्रता हुन्छ भने ऊ अगाडि हिँडिरहेको वेला पछाडि फर्किएर हेरिदियो भने मात्रै गैंडा, हात्ती जस्ता ठूला जीव भागाभाग हुन्छन् । उसको पर्सनालिटीमा त्यो शान र दम्भ छ ।
०००
बाघले भोकाइसकेपछि मात्रै आफ्नो क्षेत्रमा शिकार गर्छ । आफ्नो क्षेत्रभित्र अरु बाघले जनावरहरुलाई आक्रमण नगरोस् भन्ने उसको ध्याउन्न त हुन्छ नै । सँगै आफ्नो क्षेत्रमा भएका जनावरहरुलाई चाहिँदामात्रै आरामले आक्रमण गराैं भन्ने मनोविज्ञान उसको हुन्छ ।
जुँघा मिलाउँछ । टक्रकटक्रक हिँड्छ । झाडीहरुमा हिँड्दा पनि उसको शरीरमा झ्याँस लागेको हुँदैन । उसमा कतिसम्म भद्रता हुन्छ भने ऊ अगाडि हिँडिरहेको वेला पछाडि फर्किएर हेरिदियो भने मात्रै गैंडा, हात्ती जस्ता ठूला जीव भागाभाग हुन्छन् । उसको पर्सनालिटीमा त्यो शान र दम्भ छ ।
यदि बाघ भोको छैन भने जनावरहरु नजिकै आउँदा पनि आक्रमण गर्दैन । अनर्थमा उपयोगी नभएको वेला शिकार नगर्ने प्रवृत्ति सबै जीवलाई प्रकृतिले सिकाएको छ ।
बाघ जंगलको दक्ष शिकारी हो । आफूलाई आवश्यक परेपछि मात्रै आक्रमण गर्छ । एक त उसको बासस्थान सबै शिकार उपलब्ध भएको क्षेत्रमै हुन्छ । तर, जबसम्म उसलाई भोक लाग्दैन, तबसम्म उसले आक्रमण गर्दैन ।
तर, कसैले दख्खल पुर्यायो, उसको बच्चा नजिकै छ भने अचानक आक्रमण गर्ने खतरा हुन्छ । प्रेममा विछोड भएको छ, लडाइँमा हारेर हिँडेको छ र रिसले चुर भएको वेला कोही पनि अगाडि पुगे भने आवेगमा आक्रमण गर्ने कुरा अर्कै भयो । कसैले जोरी खोज्यो भने आफ्नो सुरक्षाको लागि हान्छ । तर, अघाएको वेला वरिपरि नै वन्यजन्तु चर्दा पनि आक्रमण गर्दैन ।
०००
बाघले नङले कोतरेर, पिसाब फेरेर आफ्नो क्षेत्र निर्धारण गर्ने कुरा अर्को भयो । आफ्नो क्षेत्रभित्र निरन्तर खबरदारी गरिरहनु उसको अर्को जिम्ेमवारी हो । उसले निरन्तर रखबारी गरिरहनुपर्छ । नत्र अर्को बाघले हडप्ने सम्भावना ज्यादा भएर जान्छ ।
सामान्यतया एउटा बाघको क्षेत्र ४२ वर्ग किलोमिटर हुन्छ भनिन्छ । ४२ किलोमिटर भनेको सरदर हो । भारतमा त २५ वर्ग किलोमिटरमै बाघले आफ्नो क्षेत्र बनाएको भेटिएको छ । किनभने प्रचुर मात्रामा शिकार पाइएमा त्यति सानो क्षेत्रमै ऊ सीमित हुन पनि सक्छ ।
आफ्नो क्षेत्रमा घेरा लगाउने, निरीक्षण गरिरहने गर्नुपर्छ । त्यसैले ऊ घुमिरहन्छ । नङले रुख कोतर्छ । कोतर्दा उसले जति भित्रसम्म कोतर्छ, त्यति बलियो भन्ने प्रमाणित हुन्छ । कोतर्दा त्यहाँ रसायनहरु छाड्छन् । अनि अर्को बाघले हेर्दा थाहा पाउँछ, कोतर्ने बाघ कति बलियो हो । उमेर कति हो ।
बाघ जंगलको दक्ष शिकारी हो । आफूलाई आवश्यक परेपछि मात्रै आक्रमण गर्छ । एक त उसको बासस्थान सबै शिकार उपलब्ध भएको क्षेत्रमै हुन्छ । तर, जबसम्म उसलाई भोक लाग्दैन, तबसम्म उसले आक्रमण गर्दैन ।
बाघले पिसाब पनि फेर्छ । उसको पिसाबमा ९८ किसिममा रसायन हुन्छन् । कतिपय एकै छिनमा हराउने खालका रसायन हुन्छन् । कतिपय भने लामो समयसम्म रहन्छन् । हावामा फैलिन्छन् । पिसाबले पनि उसको परिचय खुलाउँछ । मान्छेको भिजिटिङ कार्ड भए जस्तै बाघको भिजिटिङ कार्ड हो पिसाब ।
यो भिजिटिङ कार्डले बाघ कति बलियो, कति उमेरको, कतिको चुनौती पेस गर्नसक्छ भन्ने उल्लेख हुन्छ । यसको मूल्यांकन गरेरमात्रै अर्को बाघ भित्र छिर्ने कि भाग्ने भनेर निर्णय लिन्छ । यदि सबै मूल्यांकन गरेर भिड्न सक्छु, जित्न सक्छु भन्ने लाग्यो भने भित्र छिर्छ । दुई बाघको लडाइँ सुरु हुन्छ । यसमा कोही घाइते हुनसक्छ । कोही मर्न पनि सक्छ ।
०००
बाघ प्रायः संसर्गको समयमा मात्रै नजिकिन्छन् ।
चितवनमा भाले र पोथी नरभक्षी बाघलाई एउटै खोरमा राखियो । पछि मासु खाने क्रममा भालेले पोथीको घाँटीनेरको हड्डी नै भाँचिदिएछ । यसले पनि के प्रमाणित गर्छ भने बाघ एक्लाएक्लै रहन्छन् ।
कसैकसैले चारपाँच वटा बाघ देखें भन्छन् । त्यो चाहिँ हुर्किन लागेका बाघका बच्चाहरु देखेका हुन् । तर, हुर्किएको बाघ एक ठाउँमा कहिल्यै रहँदैन । यसको कारण भनेको मांसाहारी हुनु नै हो । अरु सागपात खाने जीवहरुले त जति पनि खान पाउने भए । जमिनमा खोस्रेर खानेहरुले पनि सजिलै खानेकुरा पाउने भए ।
तर, बाघको त धेरै प्रयासपछि मात्रै शिकार पक्रन सम्भव हुन्छ । अनि धेरै दुःख गरेर पक्रिएको शिकार बाँडेर खाने सम्भावना हुँदैन । त्यहाँ लडाइँ पर्छ । लडाइँमा कोतर्ने, रगताम्य हुने, क्षति हुने सम्भावना बढी हुन्छ । त्यही भएकाले पनि तिनीहरु एक्लाएक्लै बस्छन् ।
०००
बाघले मान्छे भाग्दामात्रै आक्रमण गर्छ ।
सामान्यतया एउटा बाघको क्षेत्र ४२ वर्ग किलोमिटर हुन्छ भनिन्छ । ४२ किलोमिटर भनेको सरदर हो । भारतमा त २५ वर्ग किलोमिटरमै बाघले आफ्नो क्षेत्र बनाएको भेटिएको छ । किनभने प्रचुर मात्रामा शिकार पाइएमा त्यति सानो क्षेत्रमै ऊ सीमित हुन पनि सक्छ ।
बाघको लम्बाइ पुच्छरसहित दुई मिटर ४०-५० सेन्टिमिटर हुन्छ । उचाइ एक मिटर ४०-६० सेन्टिमिटर हुन्छ । बाघ यति बाठो जीव हो कि उसलाई आफ्नो तागत थाहा हुन्छ । उसलाई आफ्नो सामर्थ्य थाहा हुन्छ । हात्ती, गैंडा जस्ता जीव पनि ऊसित भाग्छन् ।
उसको उचाइ, लम्बाइ र कौशलका कारण यत्रो जीवलाई चाहिँ ढाल्नसक्छु भन्ने भएपछि आक्रमण गर्छ । तर, मान्छे त बाघभन्दा झण्डै दोब्बर उचाइको हुन्छ । एक अध्ययनअनुसार बाघले अगाडि जे देख्छन्, उसले त्यहीअनुसार पछाडि आँकलन गर्छ । उचाइ जति छ, लम्बाइ त्यति नै हो भन्ने अनुमान लगाउँछ । अनि मान्छेको जति उचाइ छ, पछाडि त्यति नै छ, आक्रमण गरिहाल्नु हुँदैन भन्ने मनोविज्ञान हुन्छ ।
अर्को सत्य के हो भने बाघको शिकार मान्छे होइन । त्यसैले बाघको अगाडि हुँदा आँखा जुधाएर हेर्नुभयो भने उसले आक्रमण गर्दैन भनेको यही कारण हो । तर, बाघ अगाडि पर्नासाथ मान्छेहरु डराउँछन्, अनि भाग्छन् । भाग्दाखेरि मान्छेको पिठ्यूँ बाघतिर पर्छ । अनि उचाइअनुसारको मान्छेको पछाडिको लम्बाइ नदेखेपछि बाघले पछाडिबाट आक्रमण गर्छ ।
अहिलेसम्म मान्छेलाई गरेको आक्रमणमध्ये ८० प्रतिशत आक्रमण पछाडिबाट भएको छ । भाग्दाखेरि आक्रमण भएको छ । यदि बाघलई सीधा हेरेर विस्तारै विस्तारै पछाडि हट्दै जाने, आफ्नो पछाडिको शारीरिक ढाँचाको उसलाई जानकारी नदिने हो भने बाघबाट बच्न सकिन्छ । एक त अलि पर पुगेपछि बाघ आफैं बाटो लाग्छ । अलि पर पुगेपछि मान्छेले पनि रुख भेटाउँछ । तर, जम्काभेट हुँदा आत्तिएर, चिल्लाएर भाग्यो भने बाघले आक्रमण गर्ने सम्भावना ज्यादा हुन्छ ।