ओपन एआईमा आधारित ह्युमनोइड रोबट ‘फिगर ०१’ सार्वजनिक – Nepal Press

ओपन एआईमा आधारित ह्युमनोइड रोबट ‘फिगर ०१’ सार्वजनिक

काठमाडौं । च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईमा आधारित ह्युमन रोबट सार्वजनिक गरिएको छ । एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले च्याटीपीटीमा आधारित ‘फिगर ०१’ नामक रोबट सार्वजनिक गरेको हो ।

एआई रोबोटिक्स कम्पनी ‘फिगर एआई’ ले विश्वको पहिलो व्यवसायिक ‘भाईबल अटोनोमस ह्युमनाइड’ रोबट बनाइएको उल्लेख गरेको हो । ठ्याक्कै सर्वसाधारण मानिस जस्तै काम गर्न सक्ने गरी उक्त रोबटलाई बनाइएको छ ।

यस रोबटको परीक्षणका केहि भिडियोहरू सार्वजनिक गरिएका छन् । जसमा रोबटले मानिसले सोधेका प्रश्नहरुको उत्तरका साधै काम र सामाग्रीहरू छुट्याउन सक्षम रहेको देख्न सकिन्छ ।

फिगर एआई कम्पनीले ‘फिगर ०१’ नाम दिएको पहिलो व्यवसायिक रोबटलाई व्यसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिने दाबी गरिएको छ ।

रोबटको उचाइ सामान्य मानिस जस्तै ५.६ फिट र ६० केजी रहेको उल्लेख गरिएको छ । यस रोबटले ५ किलोमिटर प्रतिघण्टाका हिसाबले दौड्न सक्ने र १.२ एमएस स्पिडमा काम गर्न सक्ने जनाइएको छ ।

‘फिगर एआई’ कम्पनीका फउन्डर तथा सिईओ ब्रेट एडककको टिमले ओपन एआईमा आधारित ‘फिगर ०१’ रोबट बनाएको हो ।

ब्रेट एडककको टीमले मानव–जस्तै हेरफेर गर्न र श्रम शक्तिमा एकीकृत गर्न सक्ने सुविधापूर्ण इलेक्ट्रोमेकानिकल ह्युमनोइडहरू निर्माण गर्ने योजनाको उल्लेख गरेका छन् ।

एआई प्रणाली निर्माण गरिएको रोबटले ह्युमनोइडहरूलाई दैनिक कार्यहरू गर्न सहयोग गर्ने, जटिल कामहरूमा सहयोग गर्न सक्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *