सुन तस्करीमा पक्राउ परेका महरालाई थुनामा राख्न आजै अदालत लैजाने तयारी
नेपाल प्रेस
२०८० चैत ५ गते १२:०४
काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सोमबार अदालत उपस्थित गराउने तयारी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई आवश्यक प्रक्रिया पुरा गरेर म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिरहेको छ।
रुपन्देहीबाट सोमबार बिहान पक्राउ गरिएका महरालाई काठमाडौंस्थित सीआईबी कार्यालय ल्याइसकिएको छ
प्रतिक्रिया