सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा राष्ट्र बैंकका निर्देशक बर्खास्त – Nepal Press

सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा राष्ट्र बैंकका निर्देशक बर्खास्त

काठमाडौ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ । केन्द्रीय बैंककै एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको सूचना अधिकारी भागवत आचार्यले बताए ।

राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्त गरेको उनले बताए ।

गत पुस २६ गते नगरकोटस्थित एक रिसोर्टमा भएको स्ट्रो म्यानेजमेन्ट कार्यक्रममा एक उच्च तहकी अधिकृतमाथि दुर्व्यवहार गरेको आचार्यमाथि आरोप थियो । घटनालाई आन्तरिक रूपमा मिलाउन खोजिए पनि प्रहरीले पनि पछि छानबिन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर