नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले (भिडिओ) – Nepal Press

नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले (भिडिओ)

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् । चार दिने औपचारिक भ्रमणका लागि अध्यक्ष ग्रेग नेपाल आएका हुन् ।

उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

बार्कले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा औपचारिक भ्रमण गर्न गर्नेछन् ।

क्रिकेट समर्थन, कोषका अवसरहरू र राष्ट्रिय खेलकुद नीतिहरूमा एकीकरणको बारेमा छलफल गर्न प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीलगायत प्रमुख व्यक्तिहरूसँग औपचारिक भेटघाट र बैठक गर्ने तालिका रहेको क्यानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर