मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई गृहको निर्देशन – Nepal Press

मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मिटरव्याजपीडितका गुनासो सुनुवाइका लागि कर्मचारी नेतृत्वकाे डेस्क स्थापना गर्न देशभरका प्रशासनलाई निर्देशन दिएको हो ।

मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर पद, इमेल, सम्पर्क नं।, मोबाइल नं। तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न  भनिएकाे छ ।

साथै मिटरब्याज सम्बन्धी पीडितहरुका गुनासो तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जि.एम.लाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

मिटरब्याज सम्बन्धी गुनासो दर्ता गर्न सम्पर्क गर्न सकिने ठेगाना पनि सार्वजनिक गरिएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *