गठबन्धनको साझा संकल्प र प्राथमिकता- निराशा चिर्ने, भरोसा जगाउने (पूर्णपाठ) – Nepal Press

गठबन्धनको साझा संकल्प र प्राथमिकता- निराशा चिर्ने, भरोसा जगाउने (पूर्णपाठ)

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ । आर्थिक शिथिलता अन्त्यग गर्नेदेखि संक्रमणकालीन न्याय र दिगो शान्तिसमेतका विविध विषयहरु यस दस्तावेजमा समेटिएका छन् ।

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।

संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने उल्लेख गरिएको छ ।

कार्यदलका संयोजक विष्णु पौडेलले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न, प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन; राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प गरेको छौं ।’

हेर्नुस् साझा संकल्पको पूर्णपाठ


प्रतिक्रिया

2 thoughts on “गठबन्धनको साझा संकल्प र प्राथमिकता- निराशा चिर्ने, भरोसा जगाउने (पूर्णपाठ)

  1. तस्करीको सुन र सहकारी ठगी पचाउन र जनताको आँखामा छारो हाल्न राजनीतिक वेश्याहरूको नयाँ प्रपन्च !

  2. केहि हुन्छ भन्ने सुभ संकेतहरु देखिएका छन् !! गर्ने र गर्न सक्ने हो भने यहि सक्तिले गर्न सक्छ !!
    १. चुनौती छन्, निराशा अनि भरोसाको अभाव पहिलो चुनौती हो, त्येशलाई चिर्न आशाको दियो बाल्दै कामले बिस्वाश जगाउने हो !!
    २. साइडमा उही पुरानु र भद्दा खुट्टा तान्ने कांग्रेश बाटो छेक्दै छ : यो बेगले त्यो छेकबार चकनाचुर र भताभुङ्ग पार्ने कदम आवस्येक : अरु केहि गर्ने पर्दैन जनताको कुरा सुनेर : देश घात गर्ने २-४ सीस-महलहरुमा छापा मारेर तिनको कर्तुत बाहिर ल्याइदिए हुन्छ !!
    ३. कुरा खिप्ने ओठ सुकाइदिए हुन्छ !! मुख्य त् ‘दाजु भाउजुहरुको खोरमा बास’ हेर्न चाहेको छ देशले : त्यो होस् बिस्वाश जुरुक्कै उठ्छ !!
    ४. खुट्टा नकमाउ, जनताको आवाज सुर चाहना बुझा देशको आवस्येक्ता छोएको छ यो बक्तब्य ले काम होस् तु !!!
    ५. यो देशलाई माया गर्ने राष्ट्रिय सक्ति बनोस र देश बलियो बन्नुदै सम्ब्रिद्द बनाओस : सुभकामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर