ई सेभेन भिसा र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने निर्णय भएको छैन : मन्त्री अर्याल – Nepal Press

ई सेभेन भिसा र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने निर्णय भएको छैन : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय नभएको दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरुसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ–सेभेन भिसामार्फत पनि नेपाली दक्ष कामदार पठाउने सम्झौता भएको भन्नेकुरा सत्य नभएको दाबी गरे ।

उनले ई सेभेन भिसामार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउने विषयमा सरकारले छलफलसमेत अघि नबढाएको बताए । उनले ई सेभन भिषाका विषयमा सरकारको संगलग्नता नभएको भन्दै अध्ययनको लागि कार्यदल गठन भएको त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।

उनले कोरियाले इ सेभेन भिसा अन्तर्गत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने विषयमा सत्यता नभएको जिकिर गरे ।

उनले नेपालले ई सेभेन भिषा नेपाली कामदार पठाउने विषयमा सरकार जानकार नभएको बताए । उनले रोजगारीका लागि इजरायल बिटुबि मोडलमा पठाउन दिने निर्णय नभएको पनि बताए ।

उनले उक्त विषयमा निर्णय भएपनि कार्यदलको अध्ययनको विषय भएकाले तत्कालको लागि रोकिएको बताए । उनले इजरायल र नेपाल सरकारबीच तथा नेपाल र इजरायलको मेनपावरबीच बिटुबीमा काम गर्नेगरी कुनै सम्झौता नभएको बताए । उनले जापानमा पनि त्यस्तो खालको सम्झौता नभएकाले हल्लाको भरमा यस्तो काम भइरहेको थाहा भए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

उनले एक घण्टा भित्रमा श्रम स्वीकृति दिनेगरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न आफूले निर्देशन दिएको बताए ।

मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न गरिने बताए । उनले श्रम स्वीकृतिमा भएको ठूलो भ्रष्टाचार रोक्नको लागि भएपनि वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन लागिएको बताए ।

मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टा भित्रमा श्रम स्वीकृति दिनसक्ने गरी प्रणाली सुधार गरिने बताए ।

यस्तो छ मन्त्री अर्यालको भनाइः

दक्षिण कोरियाको इसेभेन भिषा मार्फता कोरियामा नेपाली कामदार लैजाने भन्ने कुरा एकदमै भ्रम र मन्त्रालयसँग सम्बन्ध नभएको मन्त्रालयले बनाएका कार्यविधिहरुलाई कार्यदल बनाएर पूर्ण मूल्याङ्कन छलफल र प्रधानमन्त्रीले २०८० पुस २४ गते निर्देशन लिएको बुँदामा पर्छ । कोरियासँग कुनै सम्झौता भएको छैन ।

कार्यदल बनेकाले यो विषयमा केही विषय अगाडि नबढाउन भनिसकेको विषय भएको हुनाले यो विषयमा केही सम्झौता भएको छैन । काम गर्ने ठाउँ कोरिया भनिएको छ । त्यसमा पनि सत्यता छैन । इसेभेन भिसाको विषयमा कुनैपनि बहस चलेको छैन । यसले इ ९ भनेर इपिएस त्यसलाई कुनैपनि असर गर्दैन । इसेभेन भिसाको विषयमा बजारमा आएको हल्ला निराधार हो ।

यसमा मन्त्रालयको संग्लनता छैन । यो विषयमा नागरिकलाई बुझाउन आवश्यक छ । जापानको विषयमा पनि सरकारले कुनैपनि निर्णय गरेको छैन । कार्यविधिहरु हेर्दैछौं । जापानमा कामदार पठाउन बिटुबी भनेर लेखिने गरेको छ । त्यसको लागि कुनै मेनपावर छनोट भए पनि सहि थियो थिएन भनेर अध्ययन गर्न कार्यदल बनेको हुनाले यसमा पनि सत्यता छैन ।

इजरायलको विषयमा पनि इजरायलका राजदुतसँग भेट गरेको थिए । उहाँले भेटमा धेरै आचर्य जनक कुरा राख्नुभयो । यसमा पनि कुनै सत्यता छैन । इजरायल र नेपाल सरकारबीच नेपाल र इजरायलको मेनपावरबीच बीटुबीमा काम गर्ने गरी सम्झौता भएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर