कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर, यस्ता छन् सुविधाहरु – Nepal Press

कुमारी बैंकले सुरु गर्‍यो रिकरिङ्ग निक्षेप गोल क्याल्कुलेटर, यस्ता छन् सुविधाहरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । बैंकले आफ्नो नवीनतम डिजिटल उपकरण रिकरिङ्ग निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा गराएको हो । विगत २५ वर्षदेखी बैंकिङ्ग समाधानहरू प्रदान गर्दै आएको कुमारी बैंकले डिजिटल ग्लोबल मनी वीकको १२औँ संस्करणमा रिकरिङ्ग निक्षेप क्याल्कुलेटर सेवा सुचारु गरेको हो ।

बैंकमका अनुसार क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ्ग निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्दछ ।

क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्दछ । जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधी र रकम मात्र राखेर यसबाट निश्चित भविस्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरु अनुमान गर्न सक्ने जनाइएको छ ।

बैंकले रिकरिङ्ग निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ । भने, बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरु जस्तै ई.एम.आई. क्याल्कुलेटरहरु पनि उपलब्ध रहेका छन् ।

बैंकको वेबसाइटमा गएर रिकरिङ्ग निक्षेप क्याल्कुलेटर निः शुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ । भने, मोबाइल एपमा पनि यो सुविधा छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर