सरकारको संकल्पमा सहकारी ठगी सम्बन्धी छानबिन गर्न आयोग बनाउने भन्ने विषय छुटाइएछ : सांसद खतिवडा – Nepal Press

सरकारको संकल्पमा सहकारी ठगी सम्बन्धी छानबिन गर्न आयोग बनाउने भन्ने विषय छुटाइएछ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारी ठगी सम्बन्धी छानबिन आयोग किन नराखेको भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेको टिप्पणी गरे।

उनले भने- सरकारले हिजो न्यूनतम साझा कार्यक्रम घोषणा गरेको सुनियो। विभिन्न आयोग गठन गर्छु भनेको पनि उल्लेख गरिएका छन्। सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? अचम्म लाग्छ। जनतालाई ढाँट्न पाइँदैन।

उनले सरकारले इन्जिन नै बिग्रिसकेकाले प्रधानमन्त्रीले जति नै गियर परिवर्तन गर्छु भने पनि केही नहुने टिप्पणी गरे।


प्रतिक्रिया

One thought on “सरकारको संकल्पमा सहकारी ठगी सम्बन्धी छानबिन गर्न आयोग बनाउने भन्ने विषय छुटाइएछ : सांसद खतिवडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर