दिल्लीमा ५०० को नोट लुकाएर खोज्ने ट्रेन्ड इन्स्टाग्राममा भाइरल हुँदै
काठमाडौं । इन्स्टाग्राममा ५०० रुपैयाँ (भारतीय) को नोट लुकाउने ट्रेड भाइरल बनिरहेको छ । इन्स्टाग्राम अकाउन्ट ‘ट्रेजर हन्ट दिल्ली’ बाट ५०० रुपैयाँ लुकाउने र लोकेसन देखाएर सर्वसाधारणलाई खोज्न दिने ट्रेन्ड भाइरल भइरहेको हो ।
अहिले भरतको राजधानी दिल्लीका इन्स्टाग्राक प्रयोगकर्ताहरूले ५०० रुपैयाँको नोट लुकाउने र लोकेसन पत्ता लगाउनेले पाउने गरेका इन्स्टाग्राम रिल्सहरु भाइरल भइरहेका छन् । जुन ‘ट्रेजर हन्ट दिल्ली’ले गत फेब्रुअरी २५ गते एउटा इन्स्टाग्रम रिलबाट ५०० रुपैयाँको नोट लुकाएर सुरु गरेको थियो ।
अहिले उक्त एकाउन्टले लुकाएको ५०० रुपैयाँ पाउने व्यक्तिहरूको नाम रिल्समा ट्याग गरेर स्टोरी समेत पोप्ट गरिरहेको छ । जसले गर्दा अन्य प्रयोगकर्ताहरू पनि ५०० रुपैयाँ लुकाइने लोकेसनलाई पन्छ्याउँदै गरेको पाइएको छ ।
दिल्लीमा भाइरल बनिरहेको यस इन्स्टाग्रम ट्रेन्डबारे ‘हिन्दुस्तान टाईम्स’ ले समेत समाचार प्रकाशन गरिसकेको छ ।